अल्पाइनको असार २५ देखि ६९.३३% हकप्रद आउँदै, यी ठाउँबाट फारम भर्ने
Powered by Blogger.
अल्पाइनको असार २५ देखि ६९.३३% हकप्रद आउँदै, यी ठाउँबाट फारम भर्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - अल्पाइन डेभलपमेन्ट बैंकले ६९.३३% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले असार २५ देखि हकप्रद बिक्री खुला गर्ने भएको छ । बैंकले ३ः२.०८ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको १८ लाख ३ हजार २४७ कित्ता बिक्री गर्नेछ । यो हकप्रद सेयर साउन २९ गतेसम्म भर्न पाइनेछ ।

अल्पाइन डेभलपमेन्ट बैंकको मुख्य कार्यालय हेटौडा–४ मेनरोड मकवानपुर तथा शाखा कार्यालय साँगा काभे्रपलान्चोक र नारायणगढ चितवनबाट आवेदन दिन सकिने छ । त्यस्तै, एनएमबि बैंकको उपत्यका भित्रका शाखा कार्यालयहरु सितापाइला, कलंकी, चावहिल, बसुन्धारा, कुमारीपाटी र सूर्यविनायकबाट आवेदन दिन सकिनेछ । यसैगरी, उपत्यकाबाहिर तीनदोबाटो बनेपा, ट्राफिकचोक बुटवल, महेनद्रपथ धरान, रंगेलीरोड विराटनगर, सुर्खेतरोड नेपालगञ्ज, बसपार्करोड धनगढी, न्युरोड पोखरा, आदर्शनगर वीरगञ्ज, भानुचोक जनकपुर, नारायणगढ चितवन र विर्तामोड झापा शाखाबाट पनि आवेदन दिन सकिनेछ । एनएमबि क्यापिटल नागपोखरी काठमाडौंबाट भने फारम वितरण र रकम बुझ्ने व्यवस्था छैन । अल्पाइनको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड हो । 

प्रकाशित मिति : Thursday, June 22, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...