भार्गवको जेठ २६ गते देखि ८५ हजार कित्ता सेयर लिलामीमा, यी ठाउँमा भर्न सकिन्छ

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं - भार्गव विकास बैंकको जेठ २६ गतेदेखि असार २ गतेसम्म ८५ हजार २३१ कित्ता सेयर लिलामीमा आउने भएको छ । यसआधारमा भार्गवले संस्थापक समूहको ३२ हजार ४६६ कित्ता र सर्वसाधारण समूहको ५२ हजार ७६५ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । हाल बैंकको चुक्ता पुँजी १४ करोड ४० लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २ करोड ४३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ५२ पैसा छ । यसअघि भार्गवले फागुन २४ गतेदेखि चैत २८ सम्म १२ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

यो लिलामीमा एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा भार्गवको मुख्य कार्यालय सुर्खेतरोड, नेपालगञ्जमा पुग्नेगरी फारम बुझाउनुपर्नेछ । दुवै समूहको बोलपत्र असार ४ गते दिउसोे एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौमा खोलिनेछ । भार्गवको यो लिलामी सेयरमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  त्यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।
प्रकाशित : Thursday, June 01, 2017

recent

Popular Posts