भार्गव विकास बैंकको सेयर लिलामी किन्ने आज अन्तिम दिन
Powered by Blogger.
भार्गव विकास बैंकको सेयर लिलामी किन्ने आज अन्तिम दिन


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौ - भार्गव विकास बैंकको ८५ हजार २३१ कित्ता सेयर लिलामी किन्ने शुक्रबार अन्तिम दिन हो । यस आधारमा आवेदकले आज बैकिङ समयभित्र लिलामीका लागि यो सेयरमा आवेदन दिन सक्नेछन् । भार्गवले जेठ २६ गतेदेखि संस्थापक समूहको ३२ हजार ४६६ कित्ता र सर्वसाधारण समूहको ५२ हजार ७६५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यसअघि भार्गवले फागुन २४ देखि चैत २८ गतेसम्म १२ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।

लिलामीमा सेयर किन्न बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौं तथा भार्गवको मुख्य कार्यालय सुर्खेतरोड, नेपालगंजमा पुग्नेगरी बोलपत्र फारम बुझाउनु पर्नेछ । संस्थापक समूहको बोलपत्र असार ४ गते दिउसो ३.३० बजे र सर्वसाधारणको ४ बजे एनएमबि क्यापिटलको कार्यालयमा खोलिनेछ । यसको बाँडफाँट असार ८ गते हुनेछ । हाल भार्गवको चुक्ता पुँजी १४ करोड ४० लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २ करोड ४३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ५२ पैसा छ ।  


Published Date : Friday, June 16, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...