×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, आईपीओ जारी गर्ने प्रस्ताव पारित

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, आईपीओ जारी गर्ने प्रस्ताव पारित

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सर्वसाधारणमा साधारण सेयर(आईपीओ) जारी गर्ने प्रस्ताव फागुन २ गते सम्पन्नसभाबाट पारित भएको छ ।
सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा/नोक्सान हिसाब, आयव्ययहिसाब तथा नगदप्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरुसहितको वित्तीय विवरण स्वीकृत गरेको छ।
यस्तै, आर्थिक वर्ष २०७६/०७७ को लेखा परीक्षण कार्यका लागि पुनः लेखा परीक्षक श्री देवकी विजय एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । साधरण सभाले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने निर्णय समेत पारित गरेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: