सुनको मूल्य स्थिर, घट्दै चाँदीको मूल्य
Powered by Blogger.
सुनको मूल्य स्थिर, घट्दै चाँदीको मूल्य

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार सुनको मूल्य स्थिर छ । सोमबार प्रति तोला ५४ हजार ८ सय कारोबार भएको छापावाला  सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४६ हजार ९ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७ रुपैयाँ पाँच पैसा कायम गरेको छ।


Published Date : Tuesday, June 13, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...