मिसनको २२% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - मिसन डेभलपमेन्ट बैंकको २२% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । प्राप्त जानकारी अनुसार बैंकले असार २६ गते हुने सातौ वार्षिक साधारण सभामा गत वर्षको कमाईबाट २२% बोनस सेयर दिने प्रस्ताव गर्दैछ । बैंकले बिहीबारदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्देछ । सभामा बैंकले २२% बोनस सेयरमा लाग्ने कर तिर्न २२ लाख ५७ हजार २६.३२ रुपैयाँ नगद लाभांस दिने प्रस्ताव पनि पेस गर्नेछ । कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण काम गर्ने गरी सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेस गर्दैछ । सभा अम्रपाली कटेज एन्ड रेष्टुरेन्ट बुटवल, ८ सुख्खानगर रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पुँजी १९ करोड ४९ लाख २५ हजार रुपैयाँ छ । हकप्रद र लिलामी सेयर बिक्रीपछि बैंकको चुक्ता पुँजी ३८ करोड ९८ लाख ५० हजार रुपैयाँ पुगेको छ भने संस्थापक र साधारण सेयरधनीको पुँजी अनुपात ७०ः३० हुनेछ । मिसनले चैत ३ देखि बैशाख ७ सम्म १९ लाख ४९ हजार २५० (१००%) कित्ता सेयर बिक्री खुला गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ३६ पैसा (बार्षिक) छ । 
प्रकाशित : Wednesday, June 28, 2017

recent

Popular Posts