समता माइक्रोफाइनान्सको सेयर कारोबार सुरु

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - समता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर कारोबार नेप्सेमा सुरु भएको छ । समताले ‘एसएमएटीए’ कारोबार संकेत पाएको छ । समताको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता १३४ रुपैयाँदेखि ४०३ रुपैयाँसम्म कारोबार सीमा (प्राइस रेन्ज) निर्धारण गरेको छ । यो कम्पनीले पुस १९ देखि २२ गतेसम्म ९४ हजार ८०० कित्ता आइपीओ बिक्री गरेको थियो । समताको चुक्ता पुँजी ३ करोड १६ लाख रुपैयाँ छ । तेस्रो त्रैमासमा यसले १ करोड ६५ लाख २० हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ६९ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ४१ छ । 
प्रकाशित : Thursday, June 01, 2017
Loading...

recent

Popular Posts