×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको ४० लाख इकाई ऋणपत्रमा आजबाट आवेदन दिन पाइने, यस्तो छ बैंकले दिने ब्याजदर ! (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ पुष २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

सानिमा बैंकको ४० लाख इकाई ऋणपत्रमा आजबाट आवेदन दिन पाइने, यस्तो छ बैंकले दिने ब्याजदर ! (विवरणसहित)

  • अर्थ सरोकार सम्बादाता 
काठमाडौं । सानिमा बैंकको ऋणपत्र लगानीकर्ताहरुले आज बुधबारदेखि किन्न पाउने भएका छन् । बैंकले ४० लाख इकाई ऋणपत्र आजबाट बिक्रीमा ल्याएको हो । जसमा बैंकले २४ लाख इकाई ऋणपत्र आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने सामूहिक लगानी कोषलाई ५% अर्थात् ८० हजार इकाई छुट्याएको छ ।
यस्तै सर्वसाधारणले बाँकी १५ लाख २० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा बैंकले वार्षिक ८.५०% ब्याजदर दिने जनाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यो ऋणपत्रमा छिटोमा पुस ५ गतेसम्म आवेदन दिन सकिनेछ । 
बैंकले १० वर्ष अवधिको ‘८.५०% सानिमा डिबेन्चर २०८७’ नाममा ऋणपत्र जारी गरेको हो । बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलएट’ रेटिङ दिएको छ । पुस ५ गतेसम्म प्रयाप्त आवेदन नपरेमा पुस १५ गतेसम्म भर्न सकिने बैंकले जनाएको छ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: