टुरिजमले गर्यो १००% हकप्रद सेयर बाँडफाँट, हकभन्दा बढी आवेदन दिनेको पैसा जेठ २८ देखि फिर्ता
Powered by Blogger.
टुरिजमले गर्यो १००% हकप्रद सेयर बाँडफाँट, हकभन्दा बढी आवेदन दिनेको पैसा जेठ २८ देखि फिर्ता

काठमाडौं - टुरिजम डेभलपमेन्ट बैंकले बिक्री गरेको १००% हकप्रद सेयर बाँडफाँट गरेको छ । बैैंकले चैत १३ देखि बैशाख २६ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयर बाँडफाँट गरिएको हो । टुरिजमले ९१ लाख ९७ हजार ७१२ कित्ता बिक्री खुला गरेकोमा रितपूर्वक आवेदन दिनेको ८४ लाख ९२ हजार ९७४ कित्ता कित्ता बाँडफाँट गरेको हो ।  यो हकप्रदमा रितपूर्वक आवेदन दिने सेयरधनीको संख्या २२ हजार ८८० थियो । यता, बैंकले आफ्नो हकभन्दा बढी सेयर माग गर्ने आवेदकलाई बाँडफाँटमा नपरेको सेयरबापतको पैसा आइतबारदेखि फिर्ता दिने भएको छ । यसका लागि आवेदन बुझाएको संकलन केन्द्रमा गई भुत्तानी पुर्जा संकलन गर्नुपर्नेछ । 

हाल टुरिजमको चुक्ता पुँजी १ अर्ब ११ करोड २० लाख रुपैयाँ छ । हकप्रद बाँडफाँट गरिएकाले अब यसमा शतप्रतिशत चुक्ता पुँजी थपिनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २० करोड ९ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ७९ पैसा छ । टुरिजम बैंक हाल मेगा बैंकसँग मिसिने प्रक्रियामा छ । 


Published Date : Friday, June 9, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...