×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सबै पैसा ‘ह्वाइट’ भइसक्यो ! केहिदिनमै फूलमाला लगाएर निर्दोष सावित हुँदै फर्कनेछन् चुडामणि !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० जेष्ठ २०७४, शनिबार

PRIME CA
laxmi sunrise bank

‘सबै पैसा ‘ह्वाइट’ भइसक्यो ! केहिदिनमै फूलमाला लगाएर निर्दोष सावित हुँदै फर्कनेछन् चुडामणि !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अहिले नेपाली आर्थिक क्षेत्रमा सबैभन्दा बढी चर्चा कसैको छ भने त्यो पक्कैपनि चुडामणि शर्माको हुनुपर्छ । भ्रष्टचार गरेर उनले आकुत पैसा कमाएको भन्दै उनलाई खोजीका लागि भन्दै अख्तियारले पक्राउ गरेको हो । तर उनका नजिकका व्यक्तिहरु भने उनलाई कसैलेपनि कारवाही गर्न नसक्ने भन्ने कुरामा ढुक्क छन् । यतिसम्मकि चुडामणिले आफुसँग भएको अरवौं पैसाको एक-एक हिसाव ‘क्लियर’ गरेर राखेका छन् ।
‘चुडामणि शर्मालाइ अनुसन्धानका लागि पक्राउ गरिएको हो । जुन रुपमा मिडियामा चर्चा आएको छ, त्यस्तो होइन । उनलाई कसैले पनि केहि गर्न सक्दैन ।’ शर्मा निकट स्रोत भन्छ, ‘पैसा कमाएकै हो । तर एक-एक पैसाको हिसाव छ उनीसँग । सबै ब्ल्याक मनी ह्वाइट भइसकेको छ । अख्तियारले पनि कानुनलाई टेकेर काम गर्ने हो र उनले सबै हिसाव कानुन: त मिलाईसकेका छन् ।’
उनका अनुसार अख्तियारले पक्राउ गर्न लागेको समेत उनीसँग पूर्व सुचना थियो । सोहि अनुरुपको उनले तयारीसमेत गरिसकेका थिए । ‘उनले आफ्ना केहि निकट साथीहरुलाई आफुलाइ अख्तियारले पक्राउ गर्न लागको समेत बताएका थिए । झट्ट सुन्दा अपत्यारिलो लागेपनि उनीसँग हरेक पैसाको हिसाव भएकाले कसैले केहि पनि गर्न नसक्ने स्थितिमा शर्मा छन् ।
‘नेपालमा २३ करोडको पुस्तक बेचेको भन्ने तथ्य एक व्यक्तिका लागि सान्धर्विक हुँदैन । तर किताव बहेरा २३ करोड रकम पाएको उनीसँग सक्कली भ्याट बिल छ । यस्तै उनीसँग भएका पैसाको पनि हिसावकिताव मिलेको छ । अहिले चलेका चर्चा सबै दुइ-तीन दिनका लागि हुन् । अख्तियारबाट छुट्ने बेलामा उनलाई माला लगाएर स्वागत गर्ने तयारी भइसकेको छ ।’ उनी निकट स्रोतले भन्यो ।
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: