बयान लिन थाल्यो कि पेट दुखेको नाटक गर्छन् चुडामणि, एक दिन मै ३ पटक अस्पताल लगियो तर खरावी केहि देखिएन
Powered by Blogger.
बयान लिन थाल्यो कि पेट दुखेको नाटक गर्छन् चुडामणि, एक दिन मै ३ पटक अस्पताल लगियो तर खरावी केहि देखिएन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा नाटक गर्न कति सिपालु रहेछन् भन्ने कुरा पछिल्लो समय पुष्टि भएको छ । अरवौं रुपैयाँ घोटाला गरेको आरोपमा अख्तियारले समातेपछि बयान लिने भन्ने बितिकै उनी आफ्नो पेट दुखेको र आफुलाई अस्पताल लैजान आग्रह गर्ने गरेका छन् । 

पक्राउ परेदेखि नै उनले आफ्नो पेट दुखेको भन्दै पटक पटक पटक अस्तपाल जान आग्रा गरेका छन्। ' अख्तियार स्रोत भन्छ, 'कुनै दिन त एकै दिन तीन पटकसम्म वीर अस्पताल लगियो । तर अवस्था सामान्य देखियो। ’

वीर अस्पतालमा भएको स्वास्थ्य परिक्षणमा उनको स्वास्थ्य स्थिती सामान्य देखिएको थियो । तर, उनले आफूलाई गाह्रो भइरहेको बताएपछि नर्भिकमा लगेर पनि उपचार गरिएको थियो ।

चुडामणि शर्मा सँग सम्बन्धित यी सामाग्री छुटे कि ?


प्रकाशित मिति : Tuesday, June 13, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...