×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरीको सुन्दर विज्ञापन सार्वजनिक हुँदा मह जोडी किन परे विवादमा ? महका फ्यानहरु भए निराश !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ असार २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

चन्द्रागिरीको सुन्दर विज्ञापन सार्वजनिक हुँदा मह जोडी किन परे विवादमा ? महका फ्यानहरु भए निराश !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पाइलैपिच्छे सर्वसाधारण ठगेर बदनाम भएको कम्पनी चन्द्रागिरी हिल्स लिमिटेडले पर्यटकहरुको संख्या कम भएपछी टेलिभिजन र सिनेमा हलहरुमा बजाउने विज्ञापन अर्थात टिभीसी सार्वजनिक गरेको छ । आज चन्द्रागिरी हिल्स लिमिटेडमा भएको एक कार्यक्रमकाबीच मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य अर्थात मह जोडीले उक्त टिभीसी सार्वजनिक गरेका हुन् । कार्यक्रममा दीपक राज गिरी, दीपा श्री निरौला लगायतका हास्य कलाकारको समेत सहभागीता थियो भने चन्द्रागिरीसँग सम्बद्ध अधिकारीहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा केहि मनोरन्जनात्मक झाँकीहरुपनि प्रस्तुत भएका छन् । दीपक, दीपासहित मह जोडीले उक्त टिभीसीमा खेलेका छन् ।  
सुन्दर बन्यो विज्ञापन !
कुल  एक मिनेटको विज्ञापन निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । दिनेश डिसीको बुलन्द आवाज, गायकको सुन्दर स्वर र गीतकारको शब्दले विज्ञापनलाइ निकै राम्रो बनाएको छ । विज्ञापनमा पछिल्लो समय बढेको सेल्फी क्रेज, भालेश्वर मन्दिरकाबारे स्वस्थानी ब्रत कथामा उल्ल्खित तथ्यमात्र होइन, अंग्रेजी भाषामा समेत ‘लेट्स गो चन्द्रागिरी’ भन्ने वाक्यांश निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । विज्ञापनमा क्यामराको सटदेखि खिचिएका दृश्यहरुसम्म निकै मनमोहक छन् । मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य मात्र होइन दीपक दीपाको प्रस्तुती उक्त टिभीसीमा जोडदार रुपमा प्रस्तुत भएका छन् । उक्त विज्ञापनले सबै पक्षलाइ छोएको छ भने प्रस्तुती शैली निकै सुन्दर छ ।

विज्ञापनमा प्रस्तुत भएका बाल कलाकारहरुको अभिनय उतिकै दमदार छ । पृष्ठभूमिका कलाकारहरु, चन्द्रागिरी हिल्सको केवलकार, प्रवेशद्वार लगायतका चीजहरुलाई निकै नै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । भालेश्वर मन्दिरलाइ निकै सुन्दर तरिकाले खिचिएको छ । समग्रमा उक्त टिभीसी निकै राम्रो बनेको छ ।   

     
तर मह जोडी विवादमा !
तर कुनैपनि विज्ञापन वा चलचित्र खेल्दा विचार गरेर, बुझेर मात्र खेल्ने जोडीका रुपमा परिचित मह जोडी जनता ठग्ने चन्द्रागिरिको विज्ञापनमा खेलेको र केहि गलत तथ्यहरु प्रस्तुत गरेर जनतालाई झुक्याउने चन्द्रागिरीको प्रयासमा साथ दिएको भन्दै महका केहि शुभचिन्तकहरुले गुनासो पोखेका छन् । पृथ्वी नारायण शाहले चन्द्रागिरिबाट काठमाडौँ अवलोकन गरेको भन्ने तथ्य सहि भएपनि चन्द्रागिरीमा राखिएको उक्त उक्त तथ्य बताउने ठाउँभने गलत भएको केहि इतिहासकारहरुले दावी गरिरहेका बेला सोही कुरालाइ नै प्रमुख विषय बनाएको भन्दै उनका शुभचिन्तकहरुले गुनासो पोखेका छन्  भने सबैभन्दा धेरै हिमाल चंद्रागीरिमै गएर देखिने भन्ने तथ्यपनि सुहाउँदो नभएको गुनासो महाका समर्थकहरुले राखेका छन्। यता  केवलकारमा महँगो शुल्क लिने, खाने कुरामा कालोबजारी गर्ने र देशको सिंगै डांडा १५००० मा ‘मिलाएको’ भन्ने आरोप लागेको बदनाम कम्पनीलाइ साथ् दिएको भन्दै उनीहरुले गुनासो पोखेका हुन् । ‘कलाकार भएपछि अभिनय गर्नु ठुलो कुरा होइन तर जनता ठग्ने कम्पनीको विज्ञापनमा खेल्दा महले भने ध्यान दिनुपर्ने थियो ।’ महका एक शुभचिन्तकले अर्थ सरोकार डटकमसँग गुनासो पोखे ।   
यता चन्द्रागिरी हिल्स लिमिटेडले उक्त कार्यक्रम फेसबुकमा लाइभ गरेपछि महका फ्यानहरुले आफु निराश भएको प्रतिक्रिया दिएका हुन् । महजोडी चन्द्रागिरी संचालकका निकट मानिन्छन् । यता चन्द्रागिरी विवादमा आएपछि मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य चन्द्रागिरीनै नगएको भन्ने चर्चा समेत चलेको थियो । तर निकै सुन्दर विज्ञापन सार्वजनिक भएपनि महको यो कामलाइ भने धेरैले गलत कामका रुपमा लिएका छन् ।  

चन्द्रागिरी हिल्स लिमिटेडका बारे यी समाचार छुटे कि !

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: