क्षेत्रगत विविधता नहुँदा आर्थिक वृद्धि र पूँजी बजारबिच तालमेल देखिएन ! अरु के छ्न समस्या?
Powered by Blogger.
क्षेत्रगत विविधता नहुँदा आर्थिक वृद्धि र पूँजी बजारबिच तालमेल देखिएन ! अरु के छ्न समस्या?

  • नरेन्द्र चुदाली 
पुँजी बजारलाई अर्थतन्त्रको ऐना मानिन्छ । पुँजीबजारले पुँजी संकलन र परिचालनमा महत्वपर्ण भुमिका खेलेको हुन्छ । अझ हाम्रोजस्तो विकाशोन्मुख देशमा त पुँजीबजारको विकास महत्वपुर्ण सर्त अनि आवकताकोनै हुनुपर्छ । नेपाली पुँजीबजारको इतिहास धेरै लामो भएपनि विकासक्रम भने निकै सुस्त रह्यो । हामी भर्खर भर्खर आधुनिकीकरणको गतिमा छौँ । पछिल्लो समय बजारको विकासमा केही नीतिगत तथा प्राविधिगत परिवर्तन भएपनि यसको विकास र विस्तारमा गर्नुपर्ने कामहरु धेरै बाँकी नै छन् । अभौतिकरणलाई नेपाली पुँजीबजारमा भएको पछिल्लो र ठुलो प्रगतिको रुपमा लिइन्छ । तर बजारको स्थायित्वका लागि गर्नुपर्ने काम धेरै बाँकी छन् । र समस्याहरुपनि धेरै विध्यमान रहेका छन् । नेपाली पुँजीबजारमा देखिएका केही समस्याहरु निम्न रहेका छन् :

(१) विविधतागत समस्या
पूँजीबजारलाई आर्थतन्त्रको प्रतिबिम्ब मानिएपनि नेपाली पुँजीबजारमा देशको समग्र अर्थतन्त्रको अवस्थालाई मुल्यांकन गर्न सकिँदैन । देशको कुल गार्हस्थ्य उत्पादन र पुँजीबजारलाई सँगै राखेर हेर्न नमिल्ने अवस्था छ । कुल गार्हस्थ्य उत्पादन र पुँजीबजारमा समानता हुनुपर्ने हुन्छ । कुल गार्हस्थ्य उत्पादनको आधारमा पुँजीबजारको विश्लेषण गर्न नसकिने अबस्था छ । यो सबै हाम्रो सेयर बजारमा लगानीगत विविधता नहुनुको परिणाम हो । अर्थात नेपालको पुँजीबजारको ठुलो हिस्सा बैंक तथा वित्तीय क्षेत्रले ओगटेको छ भने अन्य क्षेत्रहरु नेप्सेमा सुचिकृत हुन सकिरहेका छैनन् । पुँजीबजारमा रियल सेक्टर, उत्पादमुलक क्षेत्र, औद्योगिक क्षेत्र, होटल ,जलविद्युतहरु पर्याप्त रुपमा आउन सकिरहेका छैनन् । त्यसकारण बजार परिपक्व बन्न सकिरहेको छैन । यसै कारण यो बर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने प्रक्षेपण भैरहदा पनि पुजि बजारमा अपेक्षित सुधार आउन सकिरहेको छैन । बजारमा रहेको बैकिङ तथा वित्त समुहमा उतारचढाव आउनासाथ समग्र बजार नै प्रभावित हुने स्थिती छ । त्यसैले बजारको स्थायित्वको लागि सरकारले धेरै भन्दा धेरै समुहलाई दोस्रो बजारमा आउनको लागि प्रेरित गर्नुपर्छ र त्यसको लागि आवश्यक नीति निर्माण तथा प्रात्साहनमा जोड दिनु आवश्यक छ । 

(२) क्षेत्रगत समस्या
नेपाली पुँजीबजार सानो क्षेत्रमा सिमित छ । बजारमा सेयरको सप्लाई धेरै भएपनि त्यो धान्न सक्ने बजार छैन । काठमाडौँको चक्रपथभित्र मात्र सिमित रहेको बजारमा उपत्यका बाहिरको ठुलो पुँजी आउन सकेको छैन । सेयरमा माग बढाउन सकेको छैन । उपत्यकाबाहिरको ठुलो पुँजी चाहेर पनि यस क्षेत्रमा आउन सकेको छैन । तर बजार विस्तार नभई र मागको सृजना नगरि यसको स्थायित्व असम्भव छ । त्यसकारण पनि पुँजी बजारलाई देश भरिका लगानीकर्ताहरुको पहुँचमा पुर्याउनु आवश्यक छ । जसको लागि अनलाईन सिस्टम, ब्रोकरलाई रिमोट वर्क स्टेशन खोल्न लगाउने कुरा र बैंकलाई ब्रोकर लाईसन्स दिने कुरालाई शीघ्र कार्यान्वयन गर्नु आवश्यक देखिएको छ । यद्यपि शाखा खोल्ने कुरामा पछिल्लो समयमा भएको प्रगतीलाइ उत्साहजनक मान्नु पर्छ।

(३) नीतिगत तथा प्राविधिक समस्या 
देशमा पुँजीबजारको विकास र विस्तारमा केहि नीतिगत समस्या पनि देखिएका छन् । पुरानो प्रविधिले धानिरहेको बजारमा अत्याधुनिक प्रविधि ल्याउनुपर्ने आवश्यकता देखिएको छ । बजारमा चलखेल गर्ने र अस्वभाविक उतारचढाव पनि आउने गरेको छ । त्यसको लागि कडा नियमन गर्नुपर्ने देखिन्छ । नेप्सेको पुर्वाधार विकास र आधुनिकीकरणमा पनि ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

(४) सेयर साक्षातारको अभाव
बजारको आकार र आकर्षणमा आएको बृद्धिसंगै यस क्षेत्रमा धेरै नयाँ लगानीकर्ताहरु भित्रिरहेका छन् । धेरैमा सेयर बजारसँग सम्बन्धित आवश्यक ज्ञानको अभाव पनि छ । यसले बजारमा जोखिम पनि बढाएको छ । बजारमा परामर्शदाता सेवाको अभाव छ । सेयरसँग सम्बन्धित बहस पनि हुने गरेको छैन । व्यवस्थापन र लगानी विषयका पाठ्यक्रमहरुमा पनि पुर्ण सामाग्री समावेश नगरिँदा यससँग सम्बन्धित विद्यार्थीहरुमा पनि अन्यौलता आउने गरेको छ । त्यसकारण सरकारले बजारमा सेयर बजारको शिक्षालाई अभियानकै रुपमा अगाडी बढाउनुपर्ने देखिन्छ । जसबाट सेयर बजारमा भित्रीन चाहने नयाँ लगानीकर्ताहरुलाई सहजपनि हुन्छ र सेयर साक्षारताकै अभावले बजारमा आउने जोखिमलाई पनि कम गर्न सकिन्छ । त्यसको लागि आधिकारीक परामर्शदाता सेवाको अवधारणा अगाडी सार्नु उपयुक्त हुन्छ ।

(५) रियाक्टको अस्वभाविक शैली
पुँजीबजारको उतारचढावमा मनोविज्ञानको ठुलो भुमिका हुने गर्छ । परिपक्व बजारमा मनोविज्ञानले स्वभाविक प्रतिक्रिया जनाउँदछ भने हाम्रो जस्तो बजारमा लगानीकर्ताको मनोविज्ञानले बजारमा अस्वभाविक उतारचढाव आउने गरेको छ । यसले जोखिम बढाउँछ । सेयर बजारमा सुचनालाई मुल्यमा परिणत गर्नु स्वभाविक भएपनि गलत सुचना र हल्लाले नै बजार प्रभावित हुनुलाई राम्रो मान्न सकिँदैन ।

लेखक नरेन्द्र चुदालीका यी लेखहरु छुटाउनुभयो कि ?

प्रकाशित मिति : Monday, June 5, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...