राजपाको आन्दोलन : १३ र १४ गते नेपाल बन्द !
Powered by Blogger.
राजपाको आन्दोलन : १३ र १४ गते नेपाल बन्द !


काठमाडौं – चुनावअघिनै आफ्ना मागहरु पूरा गर्नुपर्ने अडानका साथ बसेको राजपाले चुनाव हुन नदिने संकेत देखाएको छ ।  बुधबार बस्ने बैठकले सरकारले संशोधनविनै चुनावमा जाने निर्णय गरे असार १४ मै पर्ने गरी दुईदिन बन्द घोषणा गर्ने तयारी गरेको बताइएको छ ।

सरकारले बुधबार अपरान्हसम्म यसअघि भएको भद्र सहमतिको पालना नगरेमा आन्दोलनको विकल्प नरहेको ठहर राजपाका नेताहरुले गरेका छन् । 'आज फाइनल डिसिजन हुन्छ । नत्र चुनावको दिन त अघिल्लो दिन नेपाल बन्द हुन्छ ।' राजपाका एक नेताले अर्थ सरोकार डटकमसँग भने ।   

प्रकाशित मिति : Sunday, June 11, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...