सेन्ट्रल फाइनान्सले स्थगित गरेको ५०% हकप्रद प्रस्ताव पारित गराउन फेरि बोलायो विशेष साधारण सभा
Powered by Blogger.
सेन्ट्रल फाइनान्सले स्थगित गरेको ५०% हकप्रद प्रस्ताव पारित गराउन फेरि बोलायो विशेष साधारण सभा

काठमाडौं - सेन्ट्रल फाइनान्सले साउन १० गते विशेष साधारण सभा बोलाएको छ । फाइनान्सले साधारण सभामा ५०% हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको छ । यसअघि असार २ गते बसेको विशेष साभारण सभामै यो प्रस्ताव लगेपनि सभाले हकप्रद ल्याउने प्रस्तावलाई स्थगित गरेको थियो । पुँजी वृद्धि गर्न मर्ज÷एक्विजिसनमा जाने वा हकप्रद ल्याउने भन्ने अन्योल भएपछि हकप्रद प्रस्तावलाई अघिल्लो विशेष साधारणले स्थगित गरेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार मर्ज/एक्विजिसनमा नजाने भए पछि स्थगित गरिएको हकप्रद प्रस्ताव पारित गराउन फेरि विशेष साधारण सभा बोलाएको हो । साधारण सभा गर्न फाइनान्सले साउन २ गते बुक क्लोज गर्ने भएको छ । सेन्ट्रलको साधारण सभा स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान जाउलाखेल ललितपुरमा दिउँसो १ बजे बस्दैछ । फाइनान्सले चुक्ता पुँजी वृद्धि गर्न हकप्रद जारी गर्न लागेको हो । यसअघि सेन्ट्रलले भक्तपुर फाइनान्सलाई गाभेर एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड ६ लाख ६३ हजार रुपैयाँ छ । फाइनान्सले तेस्रो त्रैमासमा ५ करोड ८७ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ४६ पैसा छ ।


Published Date : Monday, July 10, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...