सेञ्चुरी बैंकको विशेष साधारण सभा सुरु, सगरमाथा फाइनान्सलाई एक्वायर गर्ने
Powered by Blogger.
सेञ्चुरी बैंकको विशेष साधारण सभा सुरु, सगरमाथा फाइनान्सलाई एक्वायर गर्ने

 
काठमाडौं - सेञ्चुरी बैंक र सगरमाथा फाइनान्सको विशेष साधारण सभा आज (आइतबार) ११ बजे सुरु भएको छ । विशेष साधारण सभामा दुवै संस्थाले सगरमाथालाई सेञ्चुरीले एक्वायर गर्ने सम्बन्धी विशेष प्रस्ताव पेस गरेका छन् । यसैगरी, सगरमाथाको १००  कित्ता सेयर बराबर सञ्चुरीको ९५ कित्ता हुने सेयर स्वाप सेरियोलाई स्वीकृति प्रदान गरी एक्विजिसन प्रकृयालाई अन्तिम स्वीकृति दिने विशेष प्रस्ताव पनि साधारण सभामा लगिएको छ । साधारण सभा गर्न सेञ्चुरीले असार ७ गते बुक क्लोज गरेको हो । यता सगरमाथाको सेयर कारोबार भने फागुन २२ गतेदेखि बन्द छ ।

सेञ्चुरीको साधारण सभा अमन हल वल्र्ड ट्रेड टावर त्रिपुरेश्वरमा र सगरमाथाको क्रिष्टल बैङ्वेट मानभवन ललितपुरमा हुँदैछ । तेस्रो त्रैमासमा सेञ्चुरीको चुक्ता पुँजी ३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ पुगेको छ । यसअघि राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन सेञ्चुरीले अरनिको र इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई एक्वायर गरी एकीकृत कारोबार पनि गरिसकेको छ । बैंकले ३१ करोड ९ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  यो त्रैमासमा सेञ्चुरीको प्रतिसेयर आम्दानी (वार्षिक) ११ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ छ ।


Published Date : Sunday, July 2, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...