फर्स्ट माइक्रोफाइनान्सको सेयर लिलामी खुला, साउन २२ सम्म म्याद

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - फर्स्ट माइक्रोफाइनान्सले आइतबारदेखि सर्वसाधारण समूहको ११ हजार ६२६ कित्ता सेयर लिलामी खुलाएको छ । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यसमा आवेदन दिने अन्तिम म्याद साउन २२ गतेसम्म तोकिएको छ । यसअघि फर्स्टले वैशाख २८ देखि जेठ ३१ गतेसम्म १३ लाख २२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । यो समयमा सबै हकप्रद सेयर नबिकेपछि फस्र्टले बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याएको हो । यसमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड राष्ट्रिय नाचघर, जमल काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । हाल फस्र्टको बजार मूल्य १ हजार ८५ रुपैयाँ छ ।

बोलपत्र साउन २५ गते दिउँसो ३ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा खोलिनेछ । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड ५५ लाख ८७ हजार रुपैयाँ छ । लिलामी बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी ३९ करोड ६७ लाख ५० हजार पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा फस्र्टले ८ करोड २ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९८ पैसा छ ।
प्रकाशित : Sunday, July 30, 2017
Loading...

recent

Popular Posts