हाम्रो विकास बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन
Powered by Blogger.
हाम्रो विकास बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - हाम्रो विकास बैंकको ४ लाख ५१ हजार १२१.७५ कित्ता सेयर लिलामी भर्ने बिहीबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र लिलामीमा आवेदन दिन सकिनेछ । हाम्रोले साउन ५ गतेदखि संस्थापक समूहको ३ लाख ९१ हजार ६३६.७६ कित्ता र सर्वसाधारण समूहको ५९ हजार ४८४.९९ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यसअघि बैंकले जेठ ७ गतेदेखि असार ११ गतेसम्म ३० लाख ५८ हजार ३३८.७५ (२००%) कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।

बैंकको केन्द्रीय कार्यालय विदुर–३ बट्टार, नुवाकोट वा एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनु पर्नेछ । दुवै समूहको बोलपत्र साउन १५ गते बिहान ११ बजे एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा खोलिनेछ । यसको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स हो । गत आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा हाम्रोको चुक्ता पुँजी १५ करोड २९ लाख १६ हजार रुपैयाँ रहेको छ । लिलामी बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ४५ करोड ८७ लाख ५० हजार ८१२ रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ३ करोड १० लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५७ पैसा छ ।

प्रकाशित मिति : Thursday, July 27, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...