मेरो माइक्रोफाइनान्सको खुद नाफा २२.७५% ले वृद्धि, आम्दानी २१.५२%
Powered by Blogger.
मेरो माइक्रोफाइनान्सको खुद नाफा २२.७५% ले वृद्धि, आम्दानी २१.५२%

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आर्थिक वर्षको चौथो त्रैमासमा ९ करोड २८ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट मेरो माइक्रोफाइनान्सले प्रस्तुत गरेको छ । खुद नाफा अघिल्लो वर्ष यही अवधिको तुलनामा २२.७५% ले धेरै हो । अघिल्लो वर्ष मेरोले ७ करोड ५६ लाख १९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यता, खुद ब्याज आम्दानी पनि २१.५२% ले बढोत्तरी गरेर २० करोड ८३ लाख ६७ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको यही त्रैमासमा मेरोले १७ करोड १४ लाख ५५ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । निक्षेप रकम २४ करोड रुपैयाँबाट बढोत्तरी गरेर ४९ करोड ९५ लाख रुपैयाँ पुर्याएको मेरोले कर्जामा भने २ अर्ब ४० करोड ३२ लाख ६ हजार रुपैयाँ लगानी गरेको छ ।

संभावित जोखिमको लागि १ करोड ४७ हजार रुपैयाँ छुट्याएको मेरोले ३६ लाख ५८ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । चौथो त्रैमासमा कम्पनीको कर्जा निक्षेप अनुपात ४८१.०९% र कस्ट अफ फन्ड ९.३३% रहेको छ । माइक्रोफाइनान्सले अघिल्लो त्रैमासमा १.८२% रहेको खराब कर्जा घटाएर ०.९८% मा सीमित गराउन सफल भएको छ । एक वर्षको अन्तरालमा मेरोको चुक्ता पुँजी २ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्ष २० करोड रुपैयाँ रहेको चुक्ता पुँजी अहिले २२ करोड रुपैयाँ पुगेको छ । यसको रिजर्भ कोषमा भने १६ करोड ९७ लाख १२ हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा मेरोको रिजर्भ कोषलाई राम्रो मान्न सकिन्छ । मेरोको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ १९ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ८७ पैसा रहेको छ ।


Published Date : Friday, July 21, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...