×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकमा नक्कली राफसाफ, सीईओ ज्ञानेन्द्र ढुंगानाको यस्तो बदमासी !

PRIME CA

नेपाल बंगलादेश बैंकमा नक्कली राफसाफ, सीईओ ज्ञानेन्द्र ढुंगानाको यस्तो बदमासी !

अर्थ सरोकार

प्रकाशित मिति : १३ श्रावण २०७४, शुक्रबार

सारांश
नेपाल बंगलादेश बैंक (एनबी)मा नक्कली राफसाफ गरेको रहस्य सार्वजनिक भएको छ । बैंकका प्रमुुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले मिलेमतोमा ऋणीले कर्जाबापतको दुुई किस्ता रकम नै नतिरेको अवस्थामा खातामा कागजीरुपमा मात्र रकम आएको देखाएर नक्कली राफसाफ गरेका हुन् ।
स्रोतका अनुसार विराटनगरमा रहेको बीएनसी मेडिकल कलेजमा सहवित्तीयकरणमा तीनवटा वाणिज्य बैंकहरुले दुुई अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जनता बैंकले ‘लिडिङ’ गरेको उक्त कर्जामा एनबी बैंकको भागमा मात्र ५० करोड रुपैयाँ रहेको छ ।
दुुर्गा प्रसाईंं सञ्चालक रहेको उक्त कलेजले सुरुवाती समयमा नियमित रुपमा कर्जाको सावाँ र ब्याजबापतको मासिक किस्ता बुुझाउँदै आएका थिए । तर आर्थिक वर्ष २०७३/०७४ को अन्त्यतिर आउँदा ऋणी प्रसाईंले कर्जाको सावाँ र ब्याजबापतको दुुई किस्ता रकम बुुझाएनन् । स्रोतका अनुसार ऋणीले एक करोड १८ लाख र एक करोड ३८ लाखको दुुई किस्ता रकम नबुुझाएको हो ।
ऋणीले उक्त रकम नबुुझाउँदा बैंकको ‘ब्यालेन्स’ नै बिग्रिने भएपछि प्रमुुख कार्यकारी ढुंगानाले ऋणीसँग मिलेर कुुनै पनि किस्ता रकम नआउँदा कर्जाको किस्ता आएको भनी नक्कली राफसाफ गरेका हुुन् ।
राष्ट्र बैंकको नियमअनुसार ऋणीले ऋणबापतको किस्ता नियमितरुपमा नबुुझाउँदा सोही परिमाणको रकम बैंकले ‘प्रोभिजन’ गर्नुुपर्छ । तर ढुुंगानाले प्रोभिजनबाट बच्न र बैंकको नाफा बढेको देखाउन चोरबाटो प्रयोग गरेका छन् । बैैंकले चालू आर्थिक वर्ष २०७३/०७४ को तेस्रो त्रैमासिक अवधिमा ८२ करोड ७६ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको थियो । तर प्रमुुख कार्यकारी ढुुंगानाको बीएनसी हस्पिटलसँगको पछिल्लो कर्जाकाण्ड, हकप्रद सेयर बिक्रीसम्बन्धी काण्ड समेतलाई हेर्दा बैंकको नाफा पनि देखावटी हो भन्ने आशंका उत्पन्न भएको छ ।
चुक्ता पुँजी पाँच अर्ब ५१ करोड ४० लाख ७९ हजार रुपैयाँ रहेको बैंकले उक्त अवधिमा ३८ अर्ब ५३ करोड ५५ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब २४ करोड ८९ लाख चार हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । घरजग्गा क्षेत्रमा पनि तीन अर्ब ५७ लाख ६० हजार रुपैंयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा एक अर्ब आठ करोड ९४ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
प्रोभिजन रकम १९ करोड ४९ लाख ८४ हजार रुपैयाँ रहेको बैंकले सो अवधिमा १२ करोड ६६ लाख ७२ हजार रुपैयाँ ‘राइट ब्याक’ गरेको छ । निष्क्रिय कर्जाको अनुपात एक दशमलव एक प्रतिशत रहेको बैैंकको स्प्रेडदर चार दशमलव चार प्रतिशत रहेको छ । आव २०७३/०७४ को तेस्रो त्रैमासिकमा बैंकले आर्जन गरेको भनिएको ८० करोड रुपैयाँ खुद नाफामा पनि ‘राइट ब्याक’ रकम अंश झण्डै १३ करोड रुपैयाँ रहेको देखिएको छ । अघिल्लो आवको सोही अवधिमा पनि बैंकले ७० करोड रुपैयाँ नाफा गरेको देखिएको छ । सोही आधारमा बैंकको पछिल्लो समय वित्तीय अवस्था समेत खस्कँदै गएको देखिएको छ । यसको प्रमुुख कारण प्रमुुख कार्यकारी ढुंगानाको कार्यगत अक्षमता र स्वार्थ नै हो, स्रोतले भनेको छ । आर्थिक दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: