×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

को थिए प्रचण्डको हत्या गर्न चाहाने माओवादी नेता ? भावुक हुदै प्रचण्डले गरे यस्तो खुलासा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ श्रावण २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

को थिए प्रचण्डको हत्या गर्न चाहाने माओवादी नेता ? भावुक हुदै प्रचण्डले गरे यस्तो खुलासा

काठमाडौ । नेकपा माओवादी केन्द्रको विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोमाञ्चक भाषण मात्र दिएनन् सवैलाई चकित पार्ने षड्यन्त्रको पनि खुलासा पनि गरे । विस्तारित बैठकको अन्तिम दिन शनिवार प्रचण्डले आफुलाई मार्ने खोज्ने नेताहरु पनि यही भएको बताएपछि सवै चकित परेका थिए ।
‘कुनै समय प्रचण्डले पार्टी बर्वाद पारयो, भन्दै मलाई मार्ने खोज्ने नेताहरु पनि अहिले यही बैठकमा हुनुहुन्छ, पार्टी बर्वाद मैले मात्र पारेको होइन, हामी सवै जिम्मेवार छौ’ विस्तारित बैठकमा प्रचण्डले भावुकरुपमा यस्तो अभिब्यक्ति दिएपछि सवै चकित परेका थिए ।
तर प्रचण्डले कुन नेताले कहिले षड्यन्त्रपूर्वक हत्या गर्न खोजेको हो त्यो भने खुलाएनन् । प्रचण्डले आफुलाई मार्ने षडयन्त्र भएको बताएपछि शिर्ष नेताहरु पनि सशंकित बनेको स्रोतले बताएको छ । पार्टीलाई बरवाद पारेको आरोप लगाउँदै एक माओवादी नेताले उनको हत्या गर्न खोजेको प्रचण्डले बताएका थिए ।
आफुलाई मार्न खोजेको भावुक भाषण दिएलगतै प्रचण्ड फेरी रोमाञ्चक भाषण तिर लागे । चुनाव पार्टीलाई नभई नेता र कार्यकर्ताले हारेको बताए । ‘चुनावमा भोट माग्दा श्रीमतिलाई पनि नमस्कार गर्नु परयो, चुनावी रणकौशल सिक्नु परयो’ प्रचण्डले भने ‘त्यही नगर्दा हामीले स्थानीय तहको निर्वाचन हारेका छौ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: