सिद्धार्थ इन्सुरेन्सको सेयर लिलामी खुल्यो, साउन २३ गतेसम्म म्याद
Powered by Blogger.
सिद्धार्थ इन्सुरेन्सको सेयर लिलामी खुल्यो, साउन २३ गतेसम्म म्याद

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - सिद्धार्थ इन्सुरेन्सले आज (सोमबार)देखि ८ हजार ३५० कित्ता सेयर लिलामीमा ल्याएको छ । सिद्धार्थले संस्थापक समूहको ३६७ कित्ता र सर्वसाधारण समूहको ७ हजार ९८३ कित्ता सेयर लिलामीमा बिक्री खुलाएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यसमा आवेदन दिने अन्तिम म्याद साउन २३ गते तोकिएको छ । लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । सिद्धार्थले यसअघि वैशाख २८ देखि जेठ ३१ गतेसम्म ८ लाख ६२ हजार १२५ कित्ता हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सेयर अहिले लिलामीमा ल्याएको हो ।

दुवै समूहको बोलपत्र साउन २५ गते एनएमबि क्यापिटल नागपोखरी काठमाडौंमा खोलिनेछ । संस्थापक समूहकोे बोलपत्र दिउसो ३ बजे र सर्वसाधारण समूहको सोही दिन ३.३० बजे खोलिने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४४ करोड ८३ लाख रुपैयाँ छ । हकप्रद र लिलामी बिक्रीपछि भने सिद्धार्थको चुक्ता पुँजी ५३ करोड ४५ लाख १७ हजार ५०० रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा सिद्धार्थले १४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ १७ पैसा छ ।


Published Date : Monday, July 31, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...