सिद्धार्थ बैंकको विशेष साधारण सभा सुरु, यस्ता छन् एजेन्डा
Powered by Blogger.
सिद्धार्थ बैंकको विशेष साधारण सभा सुरु, यस्ता छन् एजेन्डा

काठमाडौं - सिद्धार्थ बैंकको विशेष साधारण सभा आज (आइतबार) बिहान १०.३० बजे ट्रेड टावर थापाथली काठमाडौंमा सुरु भएको छ । सभामा बैंकले अहिले बिक्री गरीरहेको ३०% हकप्रदलाई समेत जोडेर कायम हुने चुक्तामा पुँजी फेरि १०% हकप्रद ल्याउने विशेष प्रस्ताव पेस गर्दैछ । सिद्धार्थले जेठ २८ गतेदेखि असार २८ गतेसम्म ३०% हकप्रद बिक्री खुला गरेको छ । यो हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ८२ करोड ६१ लख १७ हजार १८८ रुपैयाँ हुनेछ । यही पुँजीमा बैंकले फेरि १०% हकप्रद ल्याउने प्रस्ताव गरेको हो । 

राष्ट्र बैैंकले तोकेको चुक्ता पुँजी पुर्याउन सिद्धार्थले फेरि हकप्रदको बाटो रोजेको हो । हाल बिक्री भइरहेको हकप्रदपछि कायम हुने चुक्ता पुँजीमा फेरि १०% हकप्रल ल्याउँदा बैंकको चुक्ता पुँजी ७ अर्ब ५० करोड ८७ लाख २८ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैैंककले ९५ करोड ७० लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सिद्धार्थको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३० पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ७६ पैसा छ । 


Published Date : Sunday, July 2, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...