अर्थ सरोकारबारे


१. अर्थ सरोकार डटकम के हो ?
संस्थागत हिसाबले अर्थ सरोकार डटकम शुभम् मिडिया प्रालिद्वारा सञ्चालित आर्थिक समाचार पोर्टल हो । शुभम् मिडिया प्रालि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको सञ्चार क्षेत्रसँग सम्बन्धित काम गर्ने कम्पनी हो ।  यस कम्पनीले नेपाली लेखा व्यवसाय सम्बन्धी नेपालको पहिलो अनलाइन पत्रिका सिए सरोकार डटकम पनि सञ्चालन गर्छ । अर्थ सरोकार डटकम, डिजिटल पत्रिका २०७३ साल साउन १ बाट सञ्चालनमा आएको हो । पत्रकार सुरज प्याकुरेल यस डिजिटल पत्रिकाका सम्पादक हुन् । सुरज प्याकुरेल आर्थिक पत्रकारितामा लामो समय विताएका आर्थिक पत्रकार हुन् ।

२. अर्थ सरोकार डटकमको उदेश्य के हो ?
नेपाली अर्थतन्त्रको समृद्धि हाम्रो मुख्य उदेश्य हो । देशमा पटक-पटक परिवर्तनका नाममा जे जति आन्दोलन र उपलब्धि भएपनि नेपाली जनताको आर्थिक स्तर माथि उठेको छैन । आर्थिक रुपमा देशमा थुप्रै समस्याहरु छन् । विकासको गति सुस्त छ । लुटतन्त्रले जरा गाडेको छ समाजमा । देशमा चरम भ्रष्टाचार छ । नेपाली अर्थतन्त्रभित्र नदेखाइएका सत्य र लुकाइएका यथार्थ थुप्रै छन् । तीनै लुकाइएका सत्य र नदेखाइएका यथार्थभित्रको सुचना र जानकारी जनतालाई पस्कने हाम्रो मुख्य उदेश्य हो । 'परिवर्तन'का लागि निडर, निर्भिक र निष्पक्ष पत्रकारिताको  अभ्यास गर्ने हाम्रो मुख्य उदेश्य हो ।

यस QR कोडलाई SCAN गरेर अर्थ सरोकार हेर्न सकिनेछ । 
३. अर्थ सरोकार अनलाइन, रेडियो र टेलिभिजन सबैमा आउँछ नि ?
हो ! आज देशले सञ्चारमा ठुलै क्रान्ति गरेको छ । तर सबै सञ्चारमाध्यमले सबैलाई समेट्न सकेको छैन । अनलाइनका आफ्नै पाठक छन् । रेडियोका स्रोता र टेलिभिजनका खास दर्शक पनि छुट्टै छन् ।

यी डिजिटल सञ्चार माध्यमहरु कुनै पनि नछुटोस् भन्ने कुरालाई मध्यनजर गर्दै 'अर्थ सरोकार' अनलाइन, टेलिभिजन र रेडियोमापनि सञ्चालन हुने गरेको छ । अर्थ सरोकार डिजिटल पत्रिका www.arthasarokar.com मा उपलब्ध छ ।

अर्थ सरोकार टेलिभिजन काय्रक्रम टिभी टुडे टेलिभिजनमा प्रत्येक आइतबारदेखि विहिबारसम्म बेलुकी ६:३० बजेदेखि ७:00 बजेसम्म प्रशारण हुन्छ । अर्थ सरोकार रेडियो कार्यक्रम देशका विभिन्न रेडियोहरुमा प्रशारण हुन्छ ।  प्रविधिको विकाससँगै स्मार्ट फोन बोक्ने ग्राहकको संख्या बढ्दो छ ।

प्रविधिको यहि आवश्यकतासँगै हामी मोबाइल एपमा पनि उपलब्ध छौं । हालका लागि हामी प्लेस्टोरमा उपलब्ध छौं । प्ले स्टोरमा Artha Sarokar एप डाउनलोड गरेरसमेत हामीलाई पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ ।

४. अर्थ सरोकारका पाठक / स्रोता र दर्शक कति छन् ?
हामी गर्वका साथ भन्छौं अनलाइनमा हामी नेपालको अग्रणी आर्थिक अनलाइन पत्रिका हो । हाम्रा दैनिक भिजिटर, एलेक्साको र्यांकीङ, पाठकको विस्वाश र हाम्रा न्यूज कन्टेन्टका कारण हामी नेपालको अग्रणी आर्थिक डिजिटल पत्रिका भन्ने तथ्य अधिकांसलाई जगजाहेर छ । हामी त आजको दिनमा अर्थ सरोकार डटकमलाई नेपालको नम्बर १ आर्थिक डिजिटल पत्रिका भनेर दावी गर्छौं । अधिकांस पाठकले हाम्रो दावीलाई स्वीकार्नु भएको छ । टेलिभिजनको हकमा हामी पछिल्लो समय सबैभन्दा 'चलेको' आर्थिक टेलिभिजन काय्रक्रम हो । नेपालमा आर्थिक टेलिभिजन कार्यक्रम निकै कम भएकाले पनि हामीलाई  आर्थिक टेलिभिजन कार्यक्रममा अग्रणी हुन खास गाह्रो नभएको पक्कै हो । रेडियोको हकमा त हामी नेपालको सबैभन्दा बढी प्रशारण पहुँच भएको रेडियो कार्यक्रम हौँ । अर्थ सरोकार रेडियो कार्यक्रम देशका सातै प्रदेशमा एक दर्जन बढी रेडियोहरुबाट प्रशारण हुन्छ । समाचारको कन्टेन्टका हिसावले हामी निकै बलियो आर्थिक सञ्चार माध्यमका रुपमा गनिएका छौं । आजको दिनमा हामी सबैभन्दा बढी समाचार प्रभाव भएको आर्थिक अनलाइन हो ।   

५. अर्थ सरोकार कहाँ-कहाँ दर्ता छ ?
अर्थ सरोकार संचालन गर्ने कम्पनी शुभम् मिडिया प्रालि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता छ । यस अलावा अर्थ सरोकार सुचना विभागमा दर्ता छ भने प्रेस काउन्सिल नेपालमा सूचिकृत छ । उद्योग विभागमा आफ्नो ट्रेडमार्क दर्ता गर्ने हामी नेपालको पहिलो अनलाइन पत्रिका हो । 'अर्थ सरोकार' नाम र लोगो नेपाल सरकार अन्तर्गत उद्योग विभागमा ट्रेडमार्कको रुपमा दर्ता छ । हाम्रो अनलाइन पत्रिकाको लोगो र 'अर्थ सरोकार' नाम प्रयोगको एकाधिकार हामीसँग छ ।    

६. अर्थ सरोकारमा को-को कार्यरत छन् ?
अर्थ सरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेल हुन् । अर्थ सरोकार टेलिभिजन कार्यक्रम र अर्थ सरोकार रेडियो कार्यक्रमपनि उनैले संचालन गर्छन् । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । यस अलावा हामीलाई रेडियो कार्यक्रम उत्पादन गर्न रेडियो धनगढीले सहयोग गरिरहेको छ भने टेलिभिजन कार्यक्रम उत्पादनमा टीभी टुडे टेलिभिजनले सहयोग गरिरहेको छ । हाम्रो मोबाइल एप्लिकेसन सम्बन्धि काम अनुभवी टेक्नोलोजिजले गरीरहेको छ । आउटसोर्स बाहेक हाम्रै कर्मचारीहरु ९ जना पत्रकारसहितको हाम्रो काम गर्ने समूह हो । 

७. अर्थ सरोकारको नेतृत्व गर्ने व्यक्ति सुरज प्याकुरेल को हुन् ?
पत्रकारितामा स्नातकोत्तर र कानुनशास्त्रमा स्नातक गर्दै गरेका पत्रकार सुरज प्याकुरेल खोजी पत्रकारितामा रुची राख्छन् । धेरै पाठकले पनि उनलाई सोही रुपमै चिनेका छन् । खोजमुलक आर्थिक पत्रकारितामा आफ्नो छुट्टै नाम बनाउन सफल प्याकुरेलले आफ्नो पत्रकारिता यात्रा देशप्रेम साप्ताहिकबाट सुरु गरेका थिए ।


विभिन्न अनलाइन पत्रिकामा कार्यानुभव भएका प्याकुरेलले रातोपाटी डटकम र जनआह्वान साप्ताहिकमा आर्थिक 'बिट'मा काम गरेका छन् भने पहिलोन्यूज डटकम मा आर्थिक ब्युरो प्रमूख र नेप्लिज टाइम्स मासिकमा प्रबन्ध सम्पादक भएर स्थापनाकालदेखि काम गरेका थिए । ऊनी हाल सिए सरोकार डटकमअर्थ सरोकार डटकम मा प्रधान सम्पादक छन् ।

सन् २०१२ देखि २०१४ सम्म सगरमाथा टेलिभिजन र सन् २०१४ देखि २०१६ सम्म न्यूज २४ टेलिभिजनमा चार्टड एकाउन्टेन्सी सम्बन्धि नेपालको पहिलो र एकमात्र कार्यक्रम सिए सरोकारका कार्यक्रम निर्माता तथा प्रस्तोता भएर काम गरेका प्याकुरेल हाल टिभी टुडे टेलिभिजनमा अर्थ सरोकार टेलिभिजन कार्यक्रम र सिए सरोकार टेलिभिजन कार्यक्रमका निर्माता तथा प्रस्तोताका रुपमा काम गरिरहेका छन् ।

क्यापिटल मिडिया ग्रुप अन्तर्गत काठमाडौँमा क्यापिटल एफएम ९२.४ मेगाहर्ज, पूर्वान्चलमा रेडियो सारंगी १०१.३ र पश्चिमान्चलमा रेडियो सारंगी ९८.३ मेगाहर्जमा समेत कार्यक्रम प्रस्तोता / निर्माता भएर काम गरेका प्याकुरेलले टिभी टुडे टेलिभिजनमा निर्माण गरेको कार्यक्रम देशभरका विभिन्न रेडियोहरुमा समेत प्रशारण भइरहेको छ ।

प्याकुरेल हाल शुभम् मिडिया प्रालिमा प्रबन्ध निर्देशकका रुपमा कार्यरत छन् । सिए क्षेत्रमा 'फुल बिट' पत्रकारिताको सुरुवात गरेकोमा उनी नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) बाट सन् २०१४ र सन् २०१६ मा गरी दुई पटक सम्मानित भईसकेका छन् । इ-मेल : suraj@arthasarokar.com, फोन : ९८५१०१७९१४

८. अर्थ सरोकारको सम्पादकीय  दायित्वका सम्बन्धमा  के कस्ता नीति नियमहरु छन् ?
अर्थ सरोकारको सम्पादकीय दायित्वका सम्बन्धमा हामीले स्पष्ट नीति नियमहरु बनाएका छौं । हामी समाचार ब्रेक गर्दा पत्रकारिताको मर्यादालाई सधैं ध्यान दिनेछौं । हरेक समाचार निर्माण प्रक्रियामा सम्बन्धित सबै पक्षको भनाइ वा राय बुझ्ने प्रयास गर्नेछौं । आर्थिक मुद्धामा केन्द्रित समाचारलाई विशेष प्राथमिकता दिई प्रकाशन गर्नेछौं । अर्थ सरोकार डटकममा प्रकाशित हुने समाचारको विश्वसनीयता र आधिकारिकताको लागि विभिन्न समाचार एजेन्सीका समाचारहरु प्रकाशित गर्दा उनीहरुको नाम उल्लेख गर्नेछौं । अनलाइन समाचार पोर्टल भएकाले विभिन्न सामाजिक संजालमार्फत यसको प्रमोसन गर्ने क्रममा उत्तेजित, समाजमा विकृति फैलाउने र समाजिक संरचनामा अाँच आउने किसिमका सामग्रीहरुको सहयोग लिने छैनौं । समाचार प्रकाशन गर्ने क्रममा जानेर वा नजानेर कहीँ कतैबाट गलत समाचार प्रकाशित भएमा यसको छानबिन गरी पाठक वा सम्बन्धित पक्षसमक्ष माफी माग्नेछौं । तर यसरी प्रकाशित भएको समाचार हटाउने भने छैनौं ।

९. अर्थ सरोकारका समाचारहरु नि: शुल्क रुपमा पाइन्छन् ?
हाम्रा दर्शक, स्रोता, र पाठकलाई हेर्ने, सुन्ने र पढ्ने मामलामा हाम्रा सम्पूर्ण समाचार कन्टेन्टहरु नि:शुल्क रुपमा उपलब्ध हुनेछ । अर्थात  यस अर्थ सरोकारमा प्रकाशित / प्रशारित हुने समाचार यसका प्रयोगकर्तालाई निःशुल्क रुपमा उपलब्ध हुनेछ । तर पुन: साभार गरी अरु अनलाइन तथा ब्लगमा राख्न, पत्रपत्रिकामा छाप्न र टेलिभिजनमा पुन: प्रशारण गर्न वा अन्य व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न हाम्रा कन्टेन्टहरु उपर हामी रकम लिन्छौं । हाम्रो समाचार पोर्टल प्रयोग गर्दा हुने प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावको बारेमा स्वयं प्रयोगकर्ता जिम्मेवार हुनेछन् । यो पोर्टलमा संग्रहित सामग्रीहरु प्रचलित कानुनले मागेको खण्डमा बाहेक गोपनीय रहनेछन् ।

१०. अर्थ सरोकारका कन्टेन्टहरु पुन : प्रकाशन र प्रशारण गर्न पाइन्छ ?
पाइंदैन । स्रोत खुलाएरै भएपनि अर्थ सरोकार डटकमको अनुमति विना पोर्टलका कुनै पनि समाचारको पुन: प्रकाशन कुनै पनि अनलाइन पत्रिका वा अनलाइन ब्लगहरुमा गर्न पाइने छैन ।पत्रिकाका हकमा 'अर्थ सरोकार डटकमबाट साभार' उल्लेख गरी पुन: प्रकाशन गर्न पाइनेछ । यसका लागि पनि स्वीकृति लिएको हुनुपर्छ ।रेडियोको हकमा हाम्रा कन्टेन्टहरुको वाचन गर्दा 'अर्थ सरोकार डटकमबाट' भनी उल्लेख गर्नुपर्नेछ । यसको जानकारी हामीलाई गराउनुपर्छ । अर्थ सरोकार रेडियो कार्यक्रम भने हामीलाई जानकारी गराएर आफ्नो रेडियोमा प्रशारण गर्न पाइन्छ । टेलिभिजन कार्यक्रमको हकमा आजका दिनमा हामीले टिभी टुडे टेलिभिजनबाहेक कसैलाई पनि हाम्रो कार्यक्रम प्रशारण वा पुन: प्रशारण अनुमति दिएका छैनौं । 

११. अर्थ सरोकारको विज्ञापन नीति के-कस्तो छ ?
अर्थ सरोकार डटकम र अर्थ सरोकार टेलिभिजन कार्यक्रममा विज्ञापन प्रशारण हुन्छ । अर्थ सरोकार रेडियो कार्यक्रम विज्ञापनरहित कार्यक्रम हो । अर्थ सरोकार रेडियो कार्यक्रममा विज्ञापन बज्दैन । अर्थ सरोकार डटकम र अर्थ सरोकार टेलिभिजन कार्यक्रममा निश्चित विज्ञापन नीति छ । हाम्रो विज्ञापन नीतिको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

१३. अर्थ सरोकार मोबाइल एपमा उपलब्ध छ ?
 छ । अर्थ सरोकार डटकमका सम्पूर्ण समाचार अर्थ सरोकार मोबाइल एप्लिकेसन डाउनलोड गरेर समेत पढ्न, सुन्न र हेर्न सकिनेछ । हालका लागि यो सेवा एन्ड्रोइड मोबाइल अन्तर्गत प्ले स्टोरमा उपलब्ध छ । एप्पल ब्राण्डका मोबाइलका लागि हामी एप स्टोरमा छिट्टै आउँदैछौं ।  साथै हामी अन्य केहि चर्चित एपहरुमा पनि उपलब्ध छौं । कर सम्बन्धि सम्पूर्ण जानकारी दिने कर सम्बन्धि नेपालको सबैभन्दा  चर्चित  मोबाइल एप ट्याक्सपर्टमा समेत अर्थ सरोकार डटकमका समाचार पढ्न सकिन्छ । साथै नेपालका चर्चित समाचार पोर्टलहरु संकलन गरी बनाइएको नेपाल न्यूज स्टोर नामक एपबाट पनि अर्थ सरोकारका समाचार पढ्न सकिनेछ ।   
प्रकाशित : Thursday, July 27, 2017

recent

Popular Posts