×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ सरोकार समूह (Artha Sarokar Team)

 

अर्थ सरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेल हुन् । अर्थ सरोकार टेलिभिजन कार्यक्रम र अर्थ सरोकार रेडियो कार्यक्रमपनि उनैले संचालन गर्छन् । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । अनलाइनमा हामी अर्थ सरोकार डटकमका रुपमा छौँ भने अर्थ सरोकार रेडियो कार्यक्रममार्फत हामी नेपालका सबै प्रदेशका विभिन्न रेडियोहरुबाट स्रोतामाझ पुगेका छौँ ।हाम्रो मोबाइल एप्लिकेसन सम्बन्धि काम अनुभवी टेक्नोलोजिजले गरीरहेको छ भने समाचार पोर्टलको काम इसर्भिसेज नेपालले गरिरहेको छ । आउटसोर्स बाहेक हाम्रै कर्मचारीहरु ९ जना पत्रकारसहितको हाम्रो काम गर्ने समूह हो । अर्थ सरोकार डटकम सरकारी न्यूज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस), नीजी क्षेत्रको समाचार एजेन्सी ‘न्यूज एजेन्सी नेपाल (नान), पब्लिक न्युज एजेन्सी (पिएनए) र नेपालको एक मात्र आर्थिक न्युज एजेन्सी -इएनएको ग्राहक पनि हो । 

सुरज प्याकुरेल, प्रधान सम्पादक 

पत्रकारितामा स्नातकोत्तर र कानुनशास्त्रमा स्नातक गर्दै गरेका पत्रकार सुरज प्याकुरेल खोजी पत्रकारितामा रुची राख्छन् । धेरै पाठकले पनि उनलाई सोही रुपमै चिनेका छन् । खोजमुलक आर्थिक पत्रकारितामा आफ्नो छुट्टै नाम बनाउन सफल प्याकुरेलले आफ्नो पत्रकारिता यात्रा देशप्रेम साप्ताहिकबाट सुरु गरेका थिए ।

विभिन्न अनलाइन पत्रिकामा कार्यानुभव भएका प्याकुरेलले रातोपाटी डटकम र जनआह्वान साप्ताहिकमा आर्थिक ‘बिट’मा काम गरेका छन् भने पहिलोन्यूज डटकम मा आर्थिक ब्युरो प्रमूख र नेप्लिज टाइम्स मासिकमा प्रबन्ध सम्पादक भएर स्थापनाकालदेखि काम गरेका थिए । ऊनी हाल अर्थ सरोकार डटकम मा प्रधान सम्पादक छन् ।
सन् २०१२ देखि २०१४ सम्म सगरमाथा टेलिभिजन र सन् २०१४ देखि २०१६ सम्म न्यूज २४ टेलिभिजनमा चार्टड एकाउन्टेन्सी सम्बन्धि नेपालको पहिलो र एकमात्र कार्यक्रम सिए सरोकारका कार्यक्रम निर्माता तथा प्रस्तोता भएर काम गरेका प्याकुरेलले टिभी टुडे टेलिभिजनमासमेत करिव ३ बर्ष काम गरेका छन् ।अहिले पनि अर्थ सरोकारले उत्पादन गर्ने अनुसन्धानात्मक कार्यक्रम ‘अर्थ सरोकार’का निर्माता / प्रस्तोता पनि उनै हुन् । सम्पादक प्याकुरेलले पत्रकारिता सिकिरहेका विद्यार्थीहरुलाई तालिमसमेत दिने गरेका छन् । हाल काठमाडौँ र मोफसलमा गरी उनले दर्जनौं तालिमहरुमा ट्रेनरका रुपमा तालिम दिइसकेका छन् ।

प्याकुरेल हाल शुभम् मिडिया प्रालिमा प्रबन्ध निर्देशकका रुपमा कार्यरत छन् । सिए क्षेत्रमा ‘फुल बिट’ पत्रकारिताको सुरुवात गरेकोमा उनी नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) बाट सन् २०१४ र सन् २०१६ मा गरी दुई पटक  सम्मानित भईसकेका छन् भने सन् २०१९मा उनी ‘सिए पत्रकारिता सम्मान’बाटसमेत सम्मानित भइसकेका छन् । उनलाई इमेलमा [email protected] र मोबाइलमा ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
प्राविधिक सहयोग:
मोबाइल एप डिजाइन : अनुभवी टेक्नोलोजिज, काठमाडौँ
टेक्निकल सपोर्ट : इ-सर्भिसेज नेपाल
रेडियो प्राविधिक सहयोग : आइटेक नेपाल
कानुनी सल्लाहकार :
के.के न्यौपाने

सञ्चालक :

सुरज प्याकुरेल
शुभम् मिडिया प्रालि,
कोटेश्वर काठमाडौँ ।
फोन नम्बर : ०१५१९९१०८, ९८५१०१७९१४
ई-मेल : [email protected]
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: