यी हुन नेपालकै सबैभन्दा अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने प्रेम जोडी, खुल्यो अनौठो रहस्य !
Powered by Blogger.
यी हुन नेपालकै सबैभन्दा अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने प्रेम जोडी, खुल्यो अनौठो रहस्य !

नेपालकै सबैभन्दा अग्लो कुस्मा –ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गर्ने प्रेमिल जोडीको रहस्य खुलेको छ । पुलबाट हामफालेर आत्महत्या गर्नेमा धरान उपमहानगरपालिका ११ सुनसरीका २६ बर्षिय अकिन गुरुङ्ग र ललितपुर उपमहानगरपालिका –१४ ढिलाहिटीकी २५ बर्षिया मुना राना रहेका छन । 

पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने मुलुककै अग्लो मध्ये एक कुस्मा पुलबाट हामफालेर शनिबार राती गुरुङ्ग र रानाको जोडीले आत्महत्या गरेको हो । पुलबाट शनिबार राती ९ बजेको समयमा हाम फालेका जोडीको शब आइबार बिहान मोदीखोला किनारबाट प्रहरीले निकालेको छ । पुलमा भेटिएको झोलामा मोबाइल, ट्रेकिङमा प्रयोग हुने खालका सामाग्रीहरु रहेका छन । 

मोबाइलका आधारमा आफन्तसंग सम्पर्क गरी मृतकको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक मधुकरजंग बिष्टले जानकारी दिए । आफन्तहरुलाई खबर गरिएको र उनीहरु आएपछि वास्तबिक रुपमा पहिचान गरिने तथा अन्य कारण पनि खुल्ने उनले बताए ।


उक्त जोडीले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन । उनीहरु घुम्नका लागि आएका थिए । शनिबार साँझ लामो पुल पारि ज्ञादीमा बसेर रमाईलो र प्रेममय गफ गरेर चिसो खाएका जोडीले त्यही बाँस मागेका थिए तर यहाँ बास मिल्दैन कुस्मा जानुस भनेपछि त्यहाँबाट हिडेका थिए । 


पछि पुलमा बेवारिसे झोला रहेको खबर आएपछि प्रहरी पुगेको थियो भने आइबार बिहान स्थानियबासीले मोदीखोला किनारमा दुई जनाको शब छ भन्ने जानकारी प्रहरीलाई दिएका थिए । शबको पर्वत जिल्ला अस्पतालमा पोष्टर्माटम गरिएको छ ।

प्रकाशित मिति : Monday, July 31, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...