राष्ट्रिय वाणिज्य बैंकको एैकपटक नयाँ चार शाखा
Powered by Blogger.
राष्ट्रिय वाणिज्य बैंकको एैकपटक नयाँ चार शाखा

राष्ट्रिय बाणिज्य बैक लिमिटेडले चार वटा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले झापाको झापा गाउँपालिका-२ झापाबजार, सिन्धुलीको कमलामाई नगरपालिका-११ भिमान, रुपन्देहीको गैंडहवा गाउँपालिका-६ सुरजपुरा र नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-६ त्रिवेणीमा विहीबारबाट सञ्चालनमा ल्याएको छ ।

यो समेत बैंकको शाखा कार्यालय संख्या १७९ वटा, ब्रान्चलेस बैंकिङ्ग सेवा संख्या ९२ वटा, एटिएम संख्या १३० वटा र मोवाइल बैंकिङ्ग सेवा ३ लाख भन्दा बढि ग्राहकले प्रयोग गरिरहेको छ । गत चैत मसान्त सम्ममा बैंकले १ खर्ब ३५ अर्ब निक्षेप संकलन गरी १ खर्ब १ अर्ब कर्जा लगानी गरेको र सोही अवधिमा बैंकले २ अर्ब ७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रकाशित मिति : Friday, July 14, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...