अल्पाइन डेभलपमेन्ट बैंकको ६९.३३% हकप्रद भर्ने आज अन्तिम म्याद
Powered by Blogger.
अल्पाइन डेभलपमेन्ट बैंकको ६९.३३% हकप्रद भर्ने आज अन्तिम म्याद

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - अल्पाइन डेभलपमेन्ट बैंकको आइतबार ६९.३३% हकप्रद सेयर बिक्री बन्द हुँदैछ । यसआधारमा, आइतबार कार्यालय समयसम्म मात्र हकप्रदमा आवेदन दिन सकिनेछ । बैंकले असार २५ गतेदेखि ३ः२.०८ अनुपातमा १०० रुपैयाँ दरको १८ लाख ३ हजार २४७ कित्ता सेयर बिक्री खुला गरेको हो । अल्पाइनको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड हो । हाल बैंकको चुक्ता पुँजी २६ करोड ७५ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि अल्पाइनको चुक्ता पुँजी ४४ करोड ४ लाख रुपैयाँ हुनेछ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ३ करोड ४३ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । अल्पाइनलाई सेन्चुरी बैंकले एक्वायर गर्ने प्रकृयामा छ ।

लगानीकर्ताले अल्पाइन डेभलपमेन्ट बैंकको मुख्य कार्यालय हेटौडा –४, मेनरोड मकवानपुर तथा साँगा काभे्रपलान्चोक र नारायणगढ चितवन शाखाबाट आवेदन दिन सकिने छ । त्यस्तै एनएमबि बैंकको उपत्यका भित्रका शाखा कार्यालयहरु सितापाइला, कलंकी, चावहिल, बसुन्धारा, कुमारीपाटी र सूर्यविनायकबाट आवेदन दिन सकिनेछ । यसैगरी, उपत्यका बाहिर बनेपा, बुटवल, धरान, विराटनगर, नेपालगञ्ज, धनगढी, पोखरा, विरगञ्ज, जनकपुर, नारायणगढ चितवन र विर्तामोड शाखाबाट पनि आवेदन दिन सकिनेछ । एनएमबि क्यापिटल नागपोखरी काठमाडौंबाट भने फारम वितरण र रकम बुझ्ने व्यवस्था छैन । 

प्रकाशित मिति : Sunday, August 13, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...