कांग्रेस माओवादी गठबन्धनलाई सत्ताको दुरुपयोग गरेको रावलको आरोप
Powered by Blogger.
कांग्रेस माओवादी गठबन्धनलाई सत्ताको दुरुपयोग गरेको रावलको आरोप


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  – प्रेस चौतारीले चितवनको भरतपुर विमानस्थलमा पत्रकार सम्मेलन गरेको छ । उक्त सम्मेलनमा  एमाले काग्रेस र माओवादी बीचको सम्बन्ध बारे छलफल भएको थियो । छलफल कै क्रममा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीमाथि बर्तमान सरकारले सत्ताको दुरुपयोग गरेको आरोप लागाएका छन् ।

एकै पटक गर्न सकिने निर्वाचनलाई पटक पटक चरण गराएर कांग्रेस माओवादी गठबन्धनले सत्ताको दुरुपयोग गरेको उपाध्यक्ष रावलले आरोप लगाएका छन् । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सार्ने चलखेल गर्न नदिन सरकारलाई खवरदारी गर्नुपर्ने उनले बताएका छन् । सम्मेलनमा हिजोअस्ति गरिएको एमालेलाई मधेस विरोधी कुप्रचार बारे पनि रावलले प्रस्ट पारेका छन् ।


Published Date : Thursday, August 3, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...