सिटिजन्स बैंकको बोनसमा भयो मूल्य समायोजन
Powered by Blogger.
सिटिजन्स बैंकको बोनसमा भयो मूल्य समायोजन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सिटिजन्स बैंकको १६% बोनसमा नेपाल स्टक एक्सचेन्जले मूल्य समायोजन गरेको छ । नेप्सेले सिटिजन्सको बोनसपछिको पहिलो कारोबार हुने मूल्य प्रतिकित्ता ३२३ रुपैयाँ तोकेको छ । यसआधारमा सोमबार बैंकको सेयर कारोबार ३२३ रुपैयाँमा खुल्दैछ । सिटिजन्सले वार्षिक साधारण सभा गर्न सोमबारदेखि भदौ १६ गतेसम्म बुक क्लोज गर्दैछ । 

बैंकले १६% बोनस सेयर र कर तिर्न १% नगद लाभांश दिने प्रस्ताव साधारण सभामा लैजाँदैछ । हाल सिटिजन्सको चुक्ता पुँजी ६ अर्ब ९२ करोड १६ लाख ९० हजार रुपैयाँ छ । १६% बोनसपछि बैंकको चुक्ता पुँजी पनि ८ अर्ब २ कारोड ९१ लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब २१ करोड १ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सिटिजन्सको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ५१ पैसा छ ।

प्रकाशित मिति : Monday, August 28, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...