×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवाको भारत भ्रमणका एजेण्डा र समझदारीपत्रबारे टुंगो, डोक्लमको विवादमा छलफल नहुने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ भाद्र २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

देउवाको भारत भ्रमणका एजेण्डा र समझदारीपत्रबारे टुंगो, डोक्लमको विवादमा छलफल नहुने

काठमाडौँ – मन्त्रीपरिषदको मङ्गलबार बसेको बैठकले बुधबारदेखि हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका एजेन्डा, समझदारीपत्र तथा टोलीको टुंगो लगाएको छ । एजेण्डाअनुसार भ्रमण अवधिमा नेपाल र भारतबीच विभिन्न क्षेत्रका सातवटा समझदारीपत्रमा हस्ताक्षर हुने बुझिएको छ।
भूकम्पपछिको पुनर्निर्माणका लागि पहिले नै भारतले प्रतिबद्ता जनाइसकेको २५ करोड अमेरिकी डलर अनुदान सहयोग परिचालनका लागि चार विधामा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । जसअनुसार स्वास्थ्य, सांस्कृतिक सम्पदा र शिक्षा क्षेत्रमा क्रमश पाँच/पाँच करोड अमेरिकी डलर र भूकम्पपीडितका घर निर्माणका लागि १० करोड अमेरिकी डलर खर्च गरिनेअर्थ मन्त्रालयले जनाएको छ ।
यसैगरी, गुणस्तर तथा नापतौलसम्बन्धी, एसियाली विकास बैंकको सहयोगमा सञ्चालित दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) कार्यक्रमअन्तर्गत मेची पुल निर्माण र लागुऔषध ओसारपसार नियन्त्रण समझदारीका थप विषय हुन् ।दुई मुलुकका गुणस्तर तथा नापतौल निकायबीच हुने समझदारीले नेपालले गुणस्तर चिह्न दिएका वस्तुलाई भारतले मान्यता दिने र भारतले गुणस्तर चिह्न दिएका वस्तुलाई नेपालले मान्यता दिने परिपाटी निर्माण हुने अपेक्षा छ । समझदारीबाट दुई देश जोड्ने मेची पुलको विस्तार हुने जनाइएको छ।
त्यसैगरी देउवाको भ्रमणमा हुने वार्तामा भारत-चीनबीच डोक्लाम सीमा क्षेत्रबारे देखिएको विवादबारे छलफल नहुने र यस विषयमा संयुक्त वक्तव्यमा उल्लेख नहुने सरकारी अधिकारीले बताएका छन् । ‘यो सीमा तनाव चीन, भुटान र भारत बीचको हो । यसमा नेपालले भारतसँग छलफल गर्नु उचित हुँदैन । प्रधानमन्त्रीले मोदीसँग एकल भेटमा डोक्लाम विवादबारे छलफल गर्नुहुन्छ या गर्नुहुन्न हामीलाई थाहा भएन’, उनले भने । – एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: