एभरेष्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, यी ठाउँबाट फारम भर्न सकिन्छ
Powered by Blogger.
एभरेष्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, यी ठाउँबाट फारम भर्न सकिन्छ

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - एभरेष्ट बैंकको ३३.३३% हकप्रद सेयर आइतबार बिक्री बन्द हुँदैछ । बैंकको हकप्रद आजको  कार्यालय समयसम्म मात्र भर्न पाइनेछ । बैंकले ३ः१ अनुपातमा १ करोड ५० लाख ८८ हजार ८७ कित्ता सेयर बिक्री खुला गरेको हो । राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने अभियानमा रहेको एभरेष्टले ३३.३३% हकप्रद ल्याएको हो । हाल एभरेष्टको चुक्ता पुँजी ४ अर्ब ६० करोड ६४ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड ५२ लाख ३४ हजार ४०० रुपैयाँ हुनेछ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले १ अर्ब ५८ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एभरेष्टको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ४ पैसा छ ।

यसको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लजिम्पाट काठमाडौंबाट हकप्रदका लागि आवेदन दिन सकिनेछ । त्यसैगरी, एभरेष्ट बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौं तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । 

प्रकाशित मिति : Sunday, August 6, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...