एभरेष्ट बैंकको खुदा नाफा १ अर्ब ९८ करोड
Powered by Blogger.
एभरेष्ट बैंकको खुदा नाफा १ अर्ब ९८ करोड

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - गत आर्थिक वर्षको चौथो त्रैमासमा एभरेष्ट बैंकले १ अर्ब ९८ करोड १६ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलानामा १४.५३% ले धेरै हो भने अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब ७३ करोड २ लाख ७ हजार रुपैयाँ मात्र थियो । यसैगरी, अघिल्लो वर्षसँग तुलना गर्दा बैंकको खुद ब्याज आम्दानी पनि १५.८०% ले मात्र बढेको देखिन्छ । यो त्रैमासमा एभरेष्टले ३ अर्ब ७३ करोड ९० लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २२ करोड ८५ लाख ८५ हजार रुपैयाँ थियो । निक्षेप रकम ९३ अर्बबाट वृद्धि गरेर ९५ अर्ब ९ करोड ४४ लाख ६१ हजार रुपैयाँ पुर्याएको बैंकले ७८ अर्ब २८ करोड ४६ लाख ७९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । एभरेष्टले सम्भावित जोखिमका लागि १२ करोड २४ लाख ४९ हजार रुपैयाँ छुट्याएको छ भने ४ करोड ३३ लाख २४ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ ।

यता, एभरेष्टको खराब कर्जा भने थोरैले बढेको छ । अघिल्लो वर्ष ०.३८% रहेको बैंकको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा ०.५१% हुन पुगेको छ । चुक्ता पुँजी ४ अर्ब ६० करोड रुपैयाँबाट बढोत्तरी गरेर ५ अर्ब ७४ करोड १० लाख ९५ हजार रुपैयाँ पुर्याएको एभरेष्टको रिजर्भ कोषमा पनि ५ अर्ब ८८ करोड ३७ लाख ५९ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजीको आधारमा बैंकको रिजर्भ कोष पनि राम्रोे हो । बैंकले असार १८ गतेदेखि साउन २२ गतेसम्म १ करोड ५० लाख ८८ हजार ८७ (३३.३३%) कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । हकप्रद बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड ५२ लाख ३४ हजार ४०० रुपैयाँ पुगेको छ ।

खुद नाफालाई र सेयर संख्याको आधारमा बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ५१ पैसा मात्र हुन आउँछ । यता, बैंकले भने रिपोर्टमा प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा देखाएको । अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ९७ पैसा थियो । बैंकको प्रतिसेयर नेटवर्थ भने ४४ रुपैयाँ ५४ पैसाले बढेर २२९ रुपैयाँ ९९ पैसा भएको छ । अघिल्लो वर्ष बैंकको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ४५ रुपैयाँ थियो ।

प्रकाशित मिति : Friday, August 18, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...