हाम्रो विकास बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन
Powered by Blogger.
हाम्रो विकास बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - हाम्रो विकास बैंकको संस्थापक समूहको १ लाख ७१ हजार ३४१ कित्ता सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन हो । लिलामीमा आवेदन आज कार्यालय समयसम्म मात्र दिन सकिनेछ । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

यो लिलामीमा बैंकको केन्द्रीय कार्यालय विदुर ३ बट्टार, नुवाकोट वा एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनु पर्नेछ । बोलपत्र बुधबार (भदौ ७ गते) दिउसो ३ बजे एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा खोलिनेछ । हाम्रोको बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केट्सले गरेको हो । 

हाल बैंकको चुक्ता पुँजी ४१ करोड ३६ लाख ३८ हजार रुपैयाँ रहेको छ । लिलामी बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ४५ करोड ८७ लाख ८१२ रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा हाम्रोले ४ करोड ३५ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५४ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ १७ पैसा रहेको छ ।

प्रकाशित मिति : Tuesday, August 22, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...