घुससहित राजश्वका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा
Powered by Blogger.
घुससहित राजश्वका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा कैलालीको अत्तरियाबाट २ जना पक्राउ गरेको छ ।

राजश्व अनुसन्धान कार्यालय अत्तरियामा कार्यरत नायब सुब्बा राजेन्द्र साउद र कार्यालय सहयोगी टिकाराम जोशीलाई सेवाग्राहीबाट घुस वाफत ४५ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो ।

पाठकले प्रहरी निरिक्षक अनिल कुमार उप्रेतीको कमाण्डमा गएको टोलीले पैसासहित उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।


Published Date : Monday, August 21, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...