जेबिल्स फाइनान्सको असोज १ देखि हकप्रद खुल्दै, फारम भर्न कहाँ जाने ?
Powered by Blogger.
जेबिल्स फाइनान्सको असोज १ देखि हकप्रद खुल्दै, फारम भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - जेबिल्स फाइनान्सको असोज १ गतेदेखि १००% हकप्रद सेयर बिक्री खुला हुँदैछ । यसआधारमा जेबिल्सले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २८ लाख ८९ हजार ५६२.५० कित्ता सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद सेयर कात्तिक ५ गतेसम्म भर्न पाइनेछ । यसमा भदौ १२ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

आवेदन दिने ठाउँ 
सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौं र जेबिल्स फाइनान्सको मुख्य कार्यालय न्यूरोड काठमाडौबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखा कार्यालयबाट पनि यो हकप्रदमा आवेदन दिन सकिनेछ । जेबिल्सको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । हाल जेबिल्सको चुक्ता पुँजी २८ करोड ८९ लाख ५६ हजार रुपैयाँ छ । हकप्रद निष्कासनपछि भने जेबिल्सको चुक्ता पुँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ करोड ६२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५५ पैसा रहेको जेबिल्सको प्रतिसेयर नेटवर्थ भने १२७ रुपैयाँ २६ पैसा छ ।

प्रकाशित मिति : Wednesday, August 30, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...