कैलाश विकास बैंकको खुद नाफा ५०.९९% वृद्धि हुँदा पुग्यो ५० करोड २६ लाख

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा कैलाश विकास बैंकले खुद नाफा ५०.९९ % ले बढोत्तरी गरेर ५० करोड २६ लाख २४ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा ३३ करोड २८ लाख ७७ हजार रुपैयाँ थियो । कैलाशले ८७ करोड ७६ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४६.१३ % ले बढी हो । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ६० करोड ५ लाख ७९ हजार रुपैयाँ थियो । बैंकले १७ अर्ब १७ करोड ७६ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा लगानी १५ अर्ब ४ करोड १८ लाख ४० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप संकलन र कर्जा लगानी क्रमशः १३.९८% र ११.३६% ले बढी हो । अघिल्लो वर्ष बैंकले १५ अर्ब ७ करोड ६ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १३ अर्ब ५० करोड ६९ लाख ९५ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकको खराब कर्जामा थोरै वृद्धि भएको छ । अघिल्लो वर्ष ०.७९% रहेको खराब कर्जा अहिले ०.८८% मा पुगेको छ । कस्ट अफ फन्ड पनि ४.७५% बाट बढेर ८.४०% मा पुगेको छ । कैलाशले रिजर्भ कोषमा ९८ करोड ७३ लाख ६६ हजार रुपैयाँ जम्मा गरेको छ । अघिल्लो वर्षको तुलनामा रिजर्भ कोष ११०% बढी हो । अघिल्लो वर्ष बैंकको रिजर्भ कोषमा ४६ करोड ९० लाख ८६ हजार रुपैयाँ जम्मा भएको थियो । बैंकको चुक्ता पुँजी २ अर्ब २९ करोड १४ लाख ८७ हजार रुपैयाँ पुगेको छ । कैलाशको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ९ पैसा छ । अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै बढेका छन् । अघिल्ले वर्ष प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८५ पैसा थियो भने प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ७५ पैसा मात्र थियो ।
प्रकाशित : Monday, August 07, 2017

recent

Popular Posts