कालिका माइक्रोक्रेडिटको खुद नाफा १५.५७% घट्दा कतिले भयो ब्याजमा वृद्धि ?
Powered by Blogger.
कालिका माइक्रोक्रेडिटको खुद नाफा १५.५७% घट्दा कतिले भयो ब्याजमा वृद्धि ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - गत आर्थिक वर्षको चौथो त्रैमासमा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले २ करोड २२ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको तुलनामा १५.५७% ले थोरै हो । अघिल्लो वर्ष कालिकाले २ करोड ६४ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, कालिकाले खुद ब्याज भने अघिल्लो वर्षको तुलनामा २८.०२% ले बढोत्तरी गरेर ७ करोड ६ लाख ९ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष कम्पनीले ५ करोड ५९ लाख ३५ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।

निक्षेप संकलन २० करोडबाट ३२ करोड १५ लाख ७६ हजार रुपैयाँ पुर्याएको कालिकाले ७६ करोड ९० लाख ३७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । कालिकाले चुक्ता पुँजी ६५% वृद्धि गरेर ८ करोड २५ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष कालिकाको चुक्ता पुँजी ५ करोड रुपैयाँ मात्र थियो । यसको रिजर्भ कोषमा ५ करोड २७ लाख ३८ हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा कम्पनीले रिजर्भ कोष बढाउनुपर्ने देखिन्छ । 

सम्भावित जोखिमका लागि १ करोड १ लाख ३९ हजार रुपैयाँ छुट्याएको कलिकाले ४५ लाख ४७ हजार रुपैयाँ राईट ब्याक गर्न सफल भएको छ । यसको खराब कर्जा थोरै घटेर १.५२% मा सीमित भएको छ । अघिल्लो वर्ष कालिकाको खराब कर्जा १.५८% रहेको थियो । कालिकाको कर्जा निक्षेप अनुपात २३०.२५% बाट बढेर २३९.१५% पुगेको छ । त्यस्तै, कस्ट अफ फन्ड पनि ५.५०% बाट बढेर ९% भएको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३ पैसा रहेको कालिकाको प्रतिसेयर नेटवर्थ भने १६३ रुपैयाँ ९२ पैसा छ ।

प्रकाशित मिति : Wednesday, August 23, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...