कामना सेवा विकास बैंकको सेयर लिलामी भर्ने थप्यो १ दिने म्याद
Powered by Blogger.
कामना सेवा विकास बैंकको सेयर लिलामी भर्ने थप्यो १ दिने म्याद

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - कामना सेवा विकास बैंकले संस्थापक समूहको ४२ हजार १२०.३४ कित्ता र सर्वसाधारण समूहको १ लाख ३३ हजार २३८.२६ कित्ता सेयर लिलामी भर्ने म्याद १ दिन थप गरेको छ । अब लगानीकर्ताले भदौ १९ गतेसम्म लिलामी भर्न पाउनेछन् । यसअघि बैंकले भदौ ११ देखि १८ गतेसम्म लिलामी भर्ने म्याद तोकेको थियो । तर भदौ १३ गते गौरा पर्वको अवसरमा सार्वजनिक विदा परेकाले बिक्री खुला अवधि ७ कार्यदिन पुर्याउन १ दिन म्याद थप गरिएको बैंकले जनाएको छ । 

बैंकले साविकको कामना विकास बैंकले ३०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी गर्न लगेको हो । कामना र सेवा विकास बैंक मर्ज भएर कामना सेवा विकास बैंकको नामबाट साउन २० गतेदेखि एकीकृत कारोबार सुरु भइसकेको छ । लगनीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल लाजिम्पाट काठमाडौं वा बैंकको पोखरा लेखनाथ–८ स्थित केन्द्रीय कार्यालयमा पुग्ने गरी बोलपत्र फारम पेस गर्नुपर्नेछ । लिलामी भर्ने म्याद थप भएका कारण बोलपत्र पनि अब भदौ २१ गते बिहान १० बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ । 

प्रकाशित मिति : Wednesday, August 23, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...