किसान माइक्रोफाइनान्सको २४.२२% हकप्रद निष्कासन गर्न बुक क्लोज गर्दै
Powered by Blogger.
किसान माइक्रोफाइनान्सको २४.२२% हकप्रद निष्कासन गर्न बुक क्लोज गर्दै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - किसान माइक्रोफाइनान्सले २४.२२% हकप्रद सेयर निष्कासन गर्न भदौ ११ देखि १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसआधारमा, भदौ १० गतेसम्म कायम रहेका सेयरधनीले मात्र किसानको हकप्रद भर्न पाउनेछन् । किसानले १००ः२४.२२ अनुपातमा ७८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । 

यसमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्दैछ । हाल किसानको चुक्ता पुँजी ३ करोड २२ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले १ करोड ४३ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी वार्षिक ४४ रुपैयाँ ६० पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८ पैसा छ ।


Published Date : Sunday, August 20, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...