लुम्बिनी जनरल इन्सुरेन्सको खुद नाफा २५.८०% ले बढ्दा थपिंदैछ १००% पुँजी
Powered by Blogger.
लुम्बिनी जनरल इन्सुरेन्सको खुद नाफा २५.८०% ले बढ्दा थपिंदैछ १००% पुँजी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - गत आर्थिक वर्षको चौथो त्रैमासमा लुम्बिनी जनरल इन्सुरेन्सले २५.८०% वृद्धि गरेर १९ करोड ९ लाख ७० हजार रुपैयाँ खुद नाफा पुराएको छ । अघिल्लो वर्ष लुम्बिनीले १५ करोड १७ लाख ९४ हजार रुपैयाँमात्र खुद नाफा कमाएको थियो । यता, कम्पनीले कुल बिमा शुल्क आर्जनमा पनि ४५.४५% ले बढोत्तरी गरेर १ अर्ब १३ करोड १६ लाख ६१ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष लुम्बिनीले ७७ करोड ८० लाख ४१ हजार रुपैयाँ मात्र बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद बिमा शुल्क आर्जन पनि ४६ करोड ८५ लाख ६३ हजार रुपैयाँबाट बढेर ७५ करोड १२ लाख १९ हजार रुपैयाँ पुगेको छ । पुनर्बिमा कमिसनबाट ९ करोड ५१ लाख ८१ हजार रुपैयाँ कमाएको छ । यो त्रैमासमा लुम्बिनीले ३२ करोड ५६ लाख ६७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गर्न सफल भएको छ । अघिल्लो वर्ष २३ करोड ९७ लाख ६ हजार रुपैयाँमात्र खुद दाबी भुक्तानी गरेको थियो । 

चुक्ता पुँजी ३९ करोड रुपेयाँ रहेको लुम्बिनीको जगेडा कोषमा १८ करोड ८१ लाख ३४ हजार रुपैयाँ छ । जगेडा कोषलाई थप मजबुत बनाउँदै लैजानुपर्ने चुनौती लुम्बिनीलाई पनि छ । यसअवधिमा कम्पनीको कुल दाबी भुक्तानी रकम ४५ करोड ७१ लाख ५४ हजार रुपैयाँ छ । गत वर्ष लुम्बिनीले २ हजार ९२५ वटा कुल दाबी भुक्तानी गरेको छ भने कुल दाबी भुक्तानी हुन बाँकी संख्या १ हजार ७७४ वटा छन् । लुम्बिनीको बिमा कोषमा ३३ करोड ३१ लाख ९ हजार रुपैयाँ रहेको छ भने महाबिपत्ति कोषका लागि १ करोड ८६ लाख ८६ हजार रुपैयाँ छुट्याएको छ । लुम्बिनीले असार ३० देखि भदौ १ गतेसम्म ३९ लाख कित्ता (१००%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । यो हकप्रदपछि भने लुम्बिनीको चुक्ता पुँजी ७८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको प्रतिसेयर आम्दानी थारै बढेर ४८ रुपैयाँ ९७ पैसा भएको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ४६ पैसा थियो । यस्तै प्रतिसेयर नेटवर्थ पनि २१९ रुपैयाँ ५२ पैसाबाट बढेर २३८ रुपैयाँ ४४ पैसा भएको छ ।


Published Date : Friday, August 18, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...