माधव नेपाल प्रमुख अतिथि भएको कार्यक्रममा राजपा कार्यकर्ताबिच र प्रहरीबीच झडप, ६ जना घाइते
Powered by Blogger.
माधव नेपाल प्रमुख अतिथि भएको कार्यक्रममा राजपा कार्यकर्ताबिच र प्रहरीबीच झडप, ६ जना घाइते



जनकपुर - जनकपुरको पिडारीचोकमा नेकपा एमाले प्रदेश नम्बर २ को चुनावी भेला स्थल अगाडि राजपा नेपालका कार्यकर्ता र प्रहरीबिच झडप हुदाँ ६ जना घाइते भएका छन् ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख रहेको कार्यक्रम स्थल अगाडि राजपाले एमाले मधेश विरोधी पार्टी भएको भन्दै विरोधमा उत्रिएपछि प्रहरीसँग झडप भएको हो । झडपको क्रममा प्रहरीको लाठी प्रहारबाट राजपाका ६ जना कार्यकर्ता घाइते भएका छन् ।

अहिले प्रहरीको घेराबन्दीमा एमालेले आफ्नो भेला कार्यक्रम गरिरहेको गरिरहेको छ । राजपाका नेता कार्यकर्ता टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

प्रकाशित मिति : Tuesday, August 29, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...