काम सुरु नगर्नेको लाइसेन्स खारेज गर्ने ऊर्जामन्त्रीको निर्णय
Powered by Blogger.
काम सुरु नगर्नेको लाइसेन्स खारेज गर्ने ऊर्जामन्त्रीको निर्णय


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - अनुमति पत्र लिएर बसेका तर काम नगरेका र निर्धारित समयमा जलविद्युत आयोजनाको काम सुरु नगर्ने लगानीकर्ताको अनुमतिपत्र (लाइसेन्स) ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले खारेज गर्ने जानकारी दिएका छन् ।

काम नगर्नेका लाइसेन्स खारेज गर्नुको करण जलविद्युतमा दलाल र माफियाले गर्दा काम हुन नसकेकाले हो । मन्त्री शाहीले अमेरिकी कार्यबाहक राजदुत मिचेल सी गोञ्जालेजसंगको भेटेको बेलामा  माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजना समयमै निर्माण हुन् नसक्किनुको मुख्य कारण आयोजनाको ढिला सुस्तीले भएको हो भनि बताउनु भयो । 

समयमै काम नगर्ने कम्पनीसंग समय तोकेर बेला बेलामा भेटि कुराकानी भइरहेको  र तोकेको समय काम हुने प्रर्स्ट पर्नु भयो । ति मध्ये त्यस समयभित्र काम नगर्ने कम्पनिको लाईसेन्स खारेज गर्ने नीतिगत व्यवस्था समेत गर्ने मन्त्री शाहीले बताएका छन् । आफ्नो देश ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक भएको कुरा गोञ्जालेजले बताएका छन् । कार्यबहाक राजदुत गोञ्जालेजले ऊर्जा मन्त्रालयमा भएको भेटमा माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाको बारेमा आफू जिज्ञासु रहेको बताए ।


Published Date : Wednesday, August 2, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...