मिर्मिरे माइक्रोफाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन
Powered by Blogger.
मिर्मिरे माइक्रोफाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - मिर्मिरे माईक्रोफाइनान्सको सर्वसाधारण समूहको १ हजार ९४० कित्ता सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन हो । यो लिलामीमा आवेदन आज कार्यालय समयसम्म मात्र  दिन सकिनेछ । भदौ ६ गतेदेखि बिक्री खुला भएको मिर्मिरेको लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यसअघि मिर्मिरेले असार ५ देखि साउन ८ गतेसम्म १ लाख ५० हजार (५०%) कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । 

यो लिलामीमा प्रभु क्यापीटल लिमिटेड, कमलादी काठमाडौं पुग्ने गरी आवेदन फारम बुझाउनु पर्नेछ । मंगलबार मिर्मिरेको बजारमूल्य ३ हजार ३३५ रुपैयाँ रहेको छ । बोलपत्र शुक्रबार बिहान ११ बजे प्रभु क्यापीटल लिमिटेड, काठमाडौंमा खोलिनेछ । मिर्मिरेको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १ करोड ५४ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । मिर्मिरेको प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ५९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ६८ पैसा छ ।

प्रकाशित मिति : Wednesday, August 30, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...