प्रभुले गर्याे कमालको प्रगति, खुद नाफा ५२.५९% वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आर्थिक वर्ष २०७३/७४ को चोथौ त्रैमासमा प्रभु बैंकले ५२.५९% ले खुद नाफा वृद्धि गरेर १ अर्ब ७५ करोड १५ लाख ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा १ अर्ब १४ करोड ७८ लाख ३८ हजार रुपैयाँ खुद नाफा थियो । यस्तै, प्रभुको खुद ब्याज आम्दानी २८.४९% ले बढेर २ अर्ब ५२ करोड ९४ लाख २३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९६ करोड ८४ लाख २७ हजार रुपैयाँ थियो । प्रभुले गत आवको चोथौ त्रैमासमा निक्षेप संकलन ८१ अर्ब ३४ करोड ९५ लाख ४० हजार रुपैयाँ गरेको छ । यो अघिल्लो आवको तुलनामा ३३.४८% बढी हो । अघिल्लो आवमा ६० अर्ब ९४ करोड ८ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । यता, बैंकको कर्जा लगानी भने २८.५५% ले विस्तार भएर ६१ अर्ब ९७ करोड ९५ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कर्जा लगानी ४८ अर्ब २१ करोड २७ लाख ५८ हजार रुपैयाँ थियो ।

प्रभुको खराब कर्जा घटेर ४.२९% मा सीमित भएको छ । अघिल्लो वर्ष खराब कर्जा ८.३८ % थियो । बैंकको इक्विटीमा प्रतिफल पनि १८.३७% बाट बढेर २२.२२% पुगेको छ । प्रभुले रिजर्भ कोषमा लोभलाग्दो प्रगति गरेको छ । रिजर्भमा ४६०% वृद्धि गरेर २ अर्ब ५ करोड १५ लाख ३५ हजार रुपैयाँ जम्मा गरेको छ । अघिल्लो वर्षको यस अवधिमा बैंकले रिजर्भ कोषमा ३६ करोड ६३ लाख २३ हजार रुपैयाँ मात्र जगेडा थियो । प्रभुको चुक्ता पुँजीमा भने कुनै घटबढ देखिएको छैन । अघिल्लो वर्ष जस्तै गत वर्ष पनि प्रभुको चुक्ता पुँजी ५ अर्ब ८८ करोड १४ लाख २ हजार रुपैयाँ छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन प्रभुले ४०% हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । प्रभुले १०० रुपैयाँ दरको २ करोड ३५ लाख २५ हजार ६०६ कित्ता हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७८ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८८ पैसा छ ।
प्रकाशित : Friday, August 04, 2017
Loading...

recent

Popular Posts