×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको ३५ लाख इकाई ऋणपत्र बिक्री गर्ने मिति सर्यो, अब कहिलेदेखि पाइन्छ भर्न ? (सूचनासहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

प्राइम कमर्सियल बैंकको ३५ लाख इकाई ऋणपत्र बिक्री गर्ने मिति सर्यो, अब कहिलेदेखि पाइन्छ भर्न ? (सूचनासहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्कासन गर्ने मिति सरेको छ । ऋणपत्र निष्कासन गर्ने मिति सरेसंगै अब बैंकले फागुन २८ गतेदेखि मात्रै बिक्रि खुला गर्ने भएको हो । बैंकले फागुन १९ गतेदेखि छिटोमा फागुन २३ गतेसम्म ऋणपत्र बिक्री खुला गर्ने जनाएपनि प्राविधिक कारण सो मिति सार्नु परेको जनाएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्रीमा ल्याउने भएको हो । जसमा १४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् भने बैंकले बाँकी २१ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ । प्राइमले ८ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो ।
यसमा वार्षिक ब्याजदर ८.७५% तोकिएको छ । ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । साथै, मेरोसेयर एपबाट पनि डिबेन्चरमा आवेदन दिने व्यवस्था गरिएको हुन्छ । बिक्री प्रबन्धकको आरबीबी मर्चेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: