×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कस्ले बाजी मार्ला ? सत्ता शक्तिवादी रेणु कि सत्य तर्फबाट देवी ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० श्रावण २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

कस्ले बाजी मार्ला ? सत्ता शक्तिवादी रेणु कि सत्य तर्फबाट देवी ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं –  सर्वाधिक चासोको रुपमा हेरिएको भरतपुरमा सर्वोच्चोअदालतको आदेशपछि महानगरपालिका वडा नं १९ मा विहान ७ बजेदेखि मतदान भइरहेको छ । भरतपुरमा बिहानदेखि पानी परिरहे पनि उम्मेवारहरु तथा मतदाता लाइनमा छाता ओढेर भएपनि चुनाव सक्रिय भइरहेको छ । कस्ले बाजी मार्ला ? सत्ता शक्तिवादी रेणु कि सत्य तर्फबाट देवी ?
एक साता अघि नेकपा माओवादी केन्द्रकी उम्मेद्धार रेणु दाहाललाई जिताउन काठमाडौंबाट कांग्रेस र माओवादी केन्द्रका नेताहरु गई सक्रिय रहेर बसेका छन् भने त्यस्तै  पूर्वगृह र रक्षामन्त्री भइसकेका भीम रावल एमाले उम्मेद्धार देवी ज्ञवालीलाई जिताउन सहयोगीका रुपमा मतदान केन्द्रभित्रै हुनुहुन्छ । 
समाजिक सञ्जालहरुमा भरतपुरमा मतदाताले मतपत्र च्यातेको कुरालाई लिएर रेणुले माफी माग्नु पर्ने भनेर निकै चर्चाको बिषय रहेको थियो । सर्वाेच्च अदालतले कानुन हेरेर फैसला दिँदा देवीमाथी अन्याय भयो तर जनताले कानुन हेर्छन या न्याय त्यसको फैसला १९ नम्वर वडाका नागरिकहरुले गरिरहेका छन् । रेणु जनअदालतको कटघरामा छन् भने देवीमाथि सहानुभुति छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: