विदेशी हस्तक्षेप मलाई नि स्वीकार्य छैन: प्रधानमन्त्री देउवा
Powered by Blogger.
विदेशी हस्तक्षेप मलाई नि स्वीकार्य छैन: प्रधानमन्त्री देउवा



काठमाडौं - सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय भूमिमा संविधान संशोधनको प्रसंग उठाएर प्रधानमन्त्रीले देशको शिर निहुँराएको आरोप लगाइरहेका बेला बाह्य हस्तक्षेप आफुलाई नै स्वीकार्य नभएको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिएका छन् ।

भारत भ्रमणबाट फर्केपछि सोमवार ब्यवस्थापिका संसदमा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रमा नेपालले अपनाएको विधिका बिषयमा कुरा भएको बताए । ‘संविधान संशोधन गर्न म फेरी प्रयास गर्नेछु, मैले यही भनेको थिएँ, यसले कसरी राष्ट्रको शिर निहुँरायो’ देउवाले भने ‘विदेशी हस्तक्षेप मलाई नै स्वीकार्य छैन ।

आफ्नो भारत भ्रमण सफल भएको दावी गर्दै प्रधानमन्त्री देउवाले नेपालको हितका लागि विभिन्न क्षेत्रसँग बैठक र छलफल गरेको बताए । विहारका मुख्यमन्त्री नितिशकुमार देखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म नेपालका हितका लागि आफुले बैठक गरेको बताए । - एस काठमाडौँ 

प्रकाशित मिति : Monday, August 28, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...