सिद्धार्थ बैंकको ३०% हकप्रद सेयर भयो बाँडफाँट
Powered by Blogger.
सिद्धार्थ बैंकको ३०% हकप्रद सेयर भयो बाँडफाँट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सिद्धार्थ बैंकले बिक्री गरेको ३०% प्रतिशत हकप्रद सेयर बाँडफाँट गरिएको छ । बैंक सञ्चालक समितिको निर्णय अनुसार यो हकप्रद सेयर गत बुधबार बाँडफाँट गरिएको हो । सिद्धार्थ बैंकले १०० रुपैयाँ अंकित मूल्यको १ करोड ५७ लाख ५२ हजार ५७८.१३ कित्ता सेयर गत जेठ २५ देखि असार २८ गतेसम्म बिक्री खुला गरेको थियो । बैंकको हकप्रद सेयर रीतपूर्वक आवेदन दिन ३० हजार ३६३ जनाले १ करोड ५४ लाख ९८ हजार ६५६ कित्ता सेयर पाएका छन् । यसमा बिक्री प्रबन्धको काम लक्ष्मी क्यापिटल लिमिटेडले गरेको हो ।


Published Date : Sunday, August 13, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...