×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु विकास बैंकले ११.५१३% बोनस सेयर दिँदै, कर तिर्न ०.५७५% नगद पनि !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ पुष २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

सिन्धु विकास बैंकले ११.५१३% बोनस सेयर दिँदै, कर तिर्न ०.५७५% नगद पनि !

काठमाडौं – सिन्धु विकास बैंकले ११.५१३% बोनस सेयर दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको २६८औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ११.५१३% बोनस सेयर दिने निर्णय गरेको हो । साथै बोनसमा लाग्ने कर तिर्न ०.५७५% नगद लाभांश पनि दिने भएको छ । 
हाल बैंकको चुक्ता पुँजी ५० करोड २७ हजार ३१६ रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी ५५ करोड ७६ लाख पुग्नेछ । यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र संस्थाको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: